२५ कार्तिक, २०८२
कंचनपुर :

अन्तरिम सरकार गठनसंगै सरकारले फागुन-२१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने मिति तोकिएको थियो । पछिल्लो समय निर्वाचन आयोगले आफ्नो निर्वाचन सम्बन्धी कार्यलाई तिब्रता दिएको छ । कार्तिक ३० गते सम्म संचालनमा रहेको मतदाता परिचय पत्रको लागि हाल जिल्ला निर्वाचन कार्यालय, कंचनपुरमा परिचयपत्र बनाउनेको घुइँचो देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालय, कंचनपुका निर्वाचन अधिकृतका अनुसार, विगतको समयमा मतदाता नामावली बनाउनेको संख्या बढेको र आजभोली आफुहरु विहान ८ बजेबाट साझ ६ बजे सम्म काम गरेर भएपनि सेवा ग्राहीको समस्या समाधान गरिरहेको साथै मतदाता परिचयपत्र बनाउने मिति कार्तिक ३० गते सम्म रहेको तथा त्यस पश्चात् समेत मतदाता परिचयपत्र बनाउन बाकी रहेका मतदाताहरुको लागि विगतका मतदानहरु जस्तै राष्ट्रिय परिचयपत्र वा नागरिकताको आधारमा समेत मतदान गर्न सक्ने व्यवस्था हुनेमा आफू ढुक्क रहेको र आफुहरुले निर्वाचन आयोगको निर्देशन अनुसार लगातार रुपमा जिल्लामा गर्नु पर्ने कामहरु द्रुत गतिमा सन्चालित गरेको बताउनु भएको छ ।
जेन-जी आन्दोलन पश्चातको विषम परिस्थितिमा संसद विघटन गर्दै बनेको नयाँ सरकारले मुलतः मुलुकमा रहेको विद्यमान परिस्थितीलाई सम्हाल्दै तोकिएको समयमा निर्वाचन गराइ देशलाई निकासको बाटो दिने रहेको छ । कंचनपुर जिल्लामा प्रतिनिधि सभाका ३ वटा मतदान क्षेत्र रहेका छन । यस अघि प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नम्बर एकमा एमालेका तारालामा तामाङ, क्षेत्र नम्बर दुईबाट काङग्रेसका एन पि साउँद तथा क्षेत्र नम्बर तीनमा काङ्ग्रेसका रमेश लेखक विजयी भएका थिए ।


टिप्पणी