३१ असोज २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

भारत-श्रीलंकामा आयोजना हुने टी२० विश्वकप-२०२६ मा छनौट भइसकेको नेपालले आज समोआसंग सुपरसिक्सको अन्तिम खेल साझँ ४:१५ बजे देखि ओमानमा खेल्नेछ ।

छनौट अवधिभरी नै अपराजित रहेको नेपाल र एउटै खेल समेत नजितेको समोआको खेलले छनौटको ट्रफी नेपालले ल्याउने वा नल्याउनेबारे निर्णायक हुनसक्ने सम्भावना रहेको छ । ओमानले आज दिउँसो हुने खेलमा जापानलाइ राम्रो रनरेटले पराजित गर्‍यो भने ओमानको समेत ८ अंक हुनेछ भने फेरि एकचोटी अंक तालिकाको शिर्षमा जाने सम्भावना रहेको छ । समोआले नेपालसंग जित्ने कुनै आधार त छैन तरपनी घरेलु टोलि ओमान भने केही चमत्कार भएर समोआले जितेमा आफू आफ्नो घरेलु मैदानमा ट्रफी उचाल्ने आशामा रहनेछ  ।

नेपाल र समोआको खेल  संगै टी२० विश्वकप एसिया तथा इष्ट एसियाका खेलहरु समेत समाप्त हुनेछन । यसअघि नै विश्वका लागि एसिया तथा इष्ट एसियाका लागि ३ टोली छनौट भइसकेका छन, अर्थात श्रीलंका र भारतले सयुक्त रुपमा आयोजना गर्ने टी२० विश्वकपमा सहभागी हुने सम्पुर्ण टोलीको टुङ्गो लागिसकेको छ ।