ब्रेकिङ न्युज

Default Placeholder

१२ असोज २०८२

युएईमा जारी एसिया कप २०२५ को उपाधिको लागि नेपाली समय अनुसार आज साझँ सवा ८ बजे देखि भारत र पाकिस्तान एक आपसमा भिडने भएका छन । ४१ वर्षको क्रीकेट इतिहासमा पहिलो पटक यी दुई देश एक आपसमा उपाधिका लागि भिडने छन । जारी एसिया कपमा भारत अपराजित हुँदै फाइनल सम्म पुदा लिग तथा सुपर फोर गर्दै दुई चोटि पाकिस्तानी टीमलाइ पराजित गरिसकेको छ । एसिया कप शुरु हुदा देखीनै एक आपसमा दाबेदार मानिएका यी दुई टीम, दुई देश बिचको राजनितिक विवादका कारण हात पनि मिलाउन मान्दैनन । भारत र पाकिस्तान दुवै सन १९४७ सम्म एउटै देश थिए भने राजनितिक भागबन्डा पश्चात् एक अर्काबाट छुट्टिएका दुई मुलक समय समयमा एक अर्का संग युद्धमा समेत होमिएका पाइन्छन । 

भारतको कप्तानी सुर्यकुमार यादवले गरिरहेका छन उनले यस अघि विभिन्न खेल मिडियाहरु सङ्ग कुरा गर्दै भारतिय टीमको र पाकिस्तानी टीमको कुनै प्रतिस्पर्धा नरहेको बताएका छन । ICC बाट संचालन हुने एसियाकपमा समेत दुई टोली एक अर्का सङ्ग खेल्ने वा नखेल्ने भन्नेबारे अन्यौल रहेको थियो । भारतले पछिल्लो समय लगातार ICC का फाइनलमा आफ्नो स्थान बनाइरहदा पाकिस्तान भने पछिल्लो समय खराब खेल यात्राबाट गुज्रिएको देखिन्छ , यद्यपि भारत २०२३ विश्वकपमा समेत अपराजित रहदै फाइनल खेलमा अस्ट्रेलिया विरुद्दको फाइनल खेल हारेको थियो । पाकिस्तानका लागि उसले राम्रो खेल देखाउदै भारतलाई हराउनु पर्ने महत्त्वपूर्ण रहनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: