१ असोज २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

दार्चुला :

आज जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्र.ना.उ.प्रकाश दाहाल समेतका प्रहरी अधिकारीहरु लेकम गा.पा. वडा नं. ३ गुमखोली स्थित स्वर्गिय थापाको घरमा  पुगी निजकि आमा निर्मला देवी थापा लगायतका आफन्त समेतलाई भेटघाट गरी कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्नु भएका कर्मठ राष्ट्रसेवक प्रहरी जवान स्व.उत्तम सिंह थापा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन । दुःखद यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको र जि प्र का दार्चुला तथा जि प्र का दार्चुला मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूबाट तत्काल राहत स्वरूप संकलन गरीएको जम्मा रकम रू. १,५८,४५५।-(अक्षरेपी एक लाख अन्ठाउन्न हजार चार सय पचपन्न) समेत प्रहरी जवान स्व.उत्तम सिंह थापाको आमा निर्मला देवी थापालाई हस्तान्तरण गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएको छ। Gen-Z समुह आन्दोलनकारीको आक्रमणमा परी भदौ २४ गते जिल्ला दार्चुला लेकम गा.पा. वडा नं. ३ स्थायी घर भएका प्रहरी बृत महाराजगञ्ज काठमाण्डौंमा कार्यरत प्रहरी जवान स्व.उत्तम सिंह थापाले सहादत प्राप्‍त गरेका थिए ।   

आन्दोलनको क्रममा समेत आफ्नो कर्तव्य पालनमा तल्लिन प्रहरीका समेत घरमा आफन्तहरु बाटो कुर्दै बसेका होलान घरायसी रुपमा सम्पन्न भएर प्रहरीको सामान्य दर्जामा जागिरमा कोहि नेपालीका छोरा हुदैनन भन्ने आन्दोलनकारीले बुझेनन् उनलाई भिडले नियन्त्रणमा लिदा समेत पक्कै पनि उनले आफु त्यो घटनामा नरहेको भन्दै होलान विडम्बना  उनले संसार छोडेर आफ्नो कर्तव्य पालनामा अन्तिम श्वास सम्म लागेको प्रमाण नेपाल आमा सामु राखेर नेपाल प्रहरी र नेपाल आमालाई आफु र आफ्नो ज्यान भन्दा माथी राखेर बिदा भए । 

भाद्र २३ र २४ गते देशभर भएको Gen-Z आन्दोलनको क्रममा आज सम्म ७३ जनाले आफ्नो ज्यान गुमाइसकेको  तथा सयौ घाईते रहेको तथ्यांक सार्वजनिक भईसकेको छ । देशमा भईरहेको भ्रष्ट्राचार लगायतका बिषयमा युवा  Gen-Z ले भदौ २३ गते काठमाण्डौबाट शुरु भएको आन्दोलन २४ गते थप आक्रामक भएपश्चात तत्कालिन सरकारका प्रधानमन्त्रीले समेत राजिनामा दिएका थिए ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

भदौ २३ गते भएको आन्दोलनमा प्रहरीले गोली चलाउदा १९ जनाको मृत्यु भईसकेपछि २४ गते आन्दोलनकारीले देशको केन्द्रिय राजधानीमा नै सिंहदरबारमा आगलागी गरी ध्वस्त पारे भने प्रहरीका चौकीहरुमा समेत आक्रमण गरे । प्रहरी जसको उपस्थितिले समग्र जनता आफुलाई सुरक्षित मान्ने गर्दथे त्यहि प्रहरी धेरै स्थानहरुमा आफ्नो सुरक्षाको लागी लाचार देखिएको पाईयो ।

२३ गते आन्दोलनमा गोली चलाएको प्रहरीका डिएसपि भन्दै दार्चुला घर भएका प्रहरी जवान उत्तम थापाको निर्मम हत्या नै गरियो । प्रहरी जसले रात र दिन नभनि जनताको सेवामा आफुलाई तत्पर राखि सेवामा अग्र पङतिमा आफुलाई राख्ने गर्दछ उसैले रक्षा गरी हातेमालो गरेको जनताबाट कुटिएर ज्यानै गुमाउनु नेपाल र नेपाल आमाको लागी पक्कै पनि सुखद क्षण भने थिएन ।