२८ भदौ २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर : 

 अन्तरिम सरकार गठनसंगै देशभरमा शान्ती व्यवस्था कायम हुदै गएको छ । भदौ २३ गते काठमाण्डौ बाट शुरु भइ देशभर भएको आन्दोलनबाट उत्पन्न बिषम परिस्थितिको कारण कंचनपुर जिल्लामा समेत आन्दोलनका साथै तोडफोड तथा आगजनीका घटनाहरु बढेका थिए । 

जिल्ला प्रशासन कार्यालय कंचनपुरको मिति २०८२ भाद्र २७ को सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१), ६(३) र ६ (क) बमोजिम अर्को आदेश नभए सम्मका लागि लगाईएको निषेधाज्ञा तथा कर्फ्यू आदेश मध्ये दफा ६ (क) बमोजिमको कर्फ्यू आदेश अर्को आदेश जारी नभएसम्मका लागी आजैको मिति देखि हटाइएको छ । ऐनको दफा ६ (१) र ६ (३) बमोजिम लगाईएको निषेधाज्ञा आदेश भोली मिति २०८२ भाद्र २९ गते बिहान ५ बजेसम्म निरन्तरता दिइने छ। निषेधाज्ञा आदेशमा उल्लेख गरिएको स्थान र शर्तको पालना गर्नु गराउनु हुन सम्पुर्णमा अनुरोध समेत गरिएको छ । भोली बिहान ५ बजे पश्चात स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएका निषेधाज्ञा तथा कर्फ्यू आदेश अर्को आदेश नभएसम्मका लागी पूर्णतया हटाइने सुचनामा उल्लेख गरिएको छ ।

प्रशासनले जारी सुचनामा जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा निषेधाज्ञा तथा कर्फ्यू अवधिभर आवश्यक सहयोग गर्नु हुने सम्पूर्ण कञ्चनपुर बासी सर्वसाधारण नागरीक तथा संघ, संगठन सबै पक्षलाई जिल्ला सुरक्षा समितिले धन्यवाद समेत व्यक्त गरेको छ  ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com