२५ भदौ २०८२
महेन्द्रनगर :
पछिल्लो दुई दिन देशमा उत्पन्न असहज परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन तथा देशलाई थप असहज परिस्थितिमा जान नदिनको लागि राज्यको प्रमुख सुरक्षा अंग नेपाली सेनाले हिजो रातीबाट सुरक्षाको जिम्मेवारी लिइ देशका विभिन्न स्थानहरुमा कर्फ्यु समेत जारी गरेको छ । हिजो दिनभर देशका विभिन्न स्थानमा तोडफोड तथा आगजनी हुदा कंचनपुरमा समेत तोडफोड तथा आगजनीका घटनाहरु भएका छन ।
कंचनपुर जिल्लामा तोडफोड तथा आगजनी गरिएका स्थानहरु:
जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग तथा अनुसन्धान कार्यालय, भिमदत्त नगरपालिका , शुक्लाफाटा नगरपालिका, पुर्व गृहमन्त्री रमेश लेखकको दुई घर, सुदुरपश्चिम प्रदेश पुर्ब मुख्यमन्त्री राजेन्द्र रावलको घर , सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री बहादुर थापाको घर, सुदुरपश्चिम प्रदेश समानुपातिक सांसद मधु भारतीको घर, सुदुरपश्चिम प्रदेश पुर्ब आर्थिक मामिला मन्त्री प्रकाश रावल घर , एमाले पोलेटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु देबि पालको घर सुदुरपश्चिम प्रदेश कानुन मन्त्री हिरा सार्कीको घर , सुदुरपश्चिम प्रदेश भौतिक पुर्बाधार मन्त्री सुरेन्द्र बहादुर पालको घर, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको घर , भिमदत्त नगरपालिका मेयर पदम बोगटि, बेदकोट नगरपालिका मेयर भोज राज बोहराको घर भिमदत्त नगरपालिका उप मेयर निलम लेखकको घर, भिमदत्त नगर पालिका पुर्व मेयर सुरेन्द्र बिष्टको घर, नेकपा एमाले पार्टी कार्यालय, नेपाली काङ्ग्रेसको पार्टी, नेपाली काङ्ग्रेसको नगर पार्टी कार्यालय, एन्सेल सेन्टर, होटेल ओपेराको क्यासिनो लगायतका स्थानहरुमा तोडफोड तथा आगजनी गरिएको पाइएको छ ।


GEN-Z युवाहरुले भष्ट्राचार, राजनितिक बेतिथी लगायतका विभिन्न बिषयमा काठमाडौंबाट विरोधका कार्यक्रम शुरु गर्दा देशभरिका युवाहरु तथा अन्य व्यक्तीहरु समेत सहमती जनाएका थिए । काठमाडौंमा शुरु गरिएको शान्तीपुर्ण विरोधमा प्रहरीले गोली प्रहार गरि १९ जना विद्यार्थीहरुको मृत्यु तथा सयौंको संख्यामा घाइते भइसकेपश्चात देशभरिबाट आन्दोलन चर्किएको थियो । देशको कार्यकारी पदमा रहेका तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओली राजिनामा दिदै राजधानी छोडेका थिए ।

राज्य संचालन गर्न अहिले सरकारनै नभएको अवस्थामा हुनसक्ने अप्रिय घटनाहरुलाइ न्युनिकरण देशमा रहेका सुरक्षा निकायहरु रुपमा परिचालित भएपनि देशका अन्य जनसरोकार सङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यालयहरु भने खुल्न सकेका छैनन ।
