०७ भाद्र २०८२
कंचनपुर :
नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले आज एक कार्यक्रमको आयोजना गरि हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारी र सरोकारवालाको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
युनियनका कंचनपुर जिल्ला अध्यक्ष गणेश सिंहले हरितालिका तिजको अवसरमा दर खाने , आपसी सद्भाव, सहकार्य र एकता मजबुत बनाउने माध्यमका रूपमा लिनुपर्ने भन्दै सम्पुर्णमा हरितालिका तिजको शुभकामना समेत व्यक्त गरेका थिए ।
सहभागीहरूले दर खाने परम्पराले कर्मचारीबीच भातृत्व भावना बलियो बनाउने धारणा राख्दै आपसी सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन ।
