२९ साउन, २०८२
महेन्द्रनगर :
कञ्चनपुरका आरक्ष पिडितहरु साउन २२ गते देखि लगातार रुपमा महेन्द्रनगरको मदनचोकमा आमरण अनशनमा बसिरहेका छन । वि स २०५८ सालमा तत्कालिन शुक्लाफाटा वन्यजन्तु आरक्ष र हालको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज विस्तारको क्रममा विस्थापित गरिएका आरक्ष पिडितहरु सरकारले आफुहरुलाई सट्टा जग्गा १० कट्टा नघटाई जमिन उपलब्ध गराउनुपर्ने , २४ साल सम्मको क्षतिपुर्तिको व्यवस्था गरियोस , ढक्का ललरेडाँडा र तारापुरका जनताको सिघ्र बसोबासको व्यवस्था गरियोस, आरक्ष पिडितलाई द्धन्द्ध पिडित घोषणा गरियोस, स्वास्थ्य र स्नातक तहसम्म शिक्षा निशुल्क गरियोस लगायतका मागहरु राख्दै आरक्ष पिडित संघका जिल्ला अध्यक्ष जय बहादुर रोकाया र अर्का आरक्ष पिडित रण बहादुर सिंह महेन्द्रनगर बजारको मुख्य चोक मदनचोकमा आमरण अनसनमा बसेका छन ।
आज आरक्ष पिडित परिवारहरुले महेन्द्रनगर बजारमा र्याली निकाली जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भिमदत्त नगरपालिका अगाडि नारा जुलस गरेका थिए । आरक्ष पिडित समिति कञ्चनपुरका अनुसार चौबिस सय तिरहत्तर परिवार आरक्ष पिडित छन । पछिल्लो २४ बर्षमा सरकारले समय समयमा आरक्ष पिडितको समस्या समाधानको लागि समिति तथा आयोगहरु गठन गरेपनि समस्याको समाधानको नाममा प्रतिवेदन बाहेक कुनैपनि समस्या समाधान नभए पश्चात हाल सम्म आरक्ष पिडितहरु आन्दोलनमा छन ।
