२७ साउन, २०८२
कञ्चनपुर : सुदुरपश्चिम विश्व विद्यालयमा पहिलो पटक स्नातक तहमा Bechelor of information technology (BIT) को अध्यापन शुरु गरिने भएको छ । विश्व विद्यालयको केन्द्रिय क्याम्पसमा CSIT संकाय भित्र रहने गरि यस वर्षबाट BIT शुरु गरिएको हो ।
विश्व-विद्यालयको CSIT विभागले सुचना जारी गर्दै +2 पास गरेका १.८ जिपिए ल्याएका विद्यार्थिहरुले भर्नाको लागि प्रवेश परिक्षामा सहभागिता जनाउन सकिने तथा गरिब, जेहेन्दार, महिला, आदिबासि, जनजाती, मधेषी, दलित, पिछिडिएको क्षेत्र, राष्ट्रिय तथा अर्न्तराष्ट्रिय खेलाडि, असहाय/टुहुरा, जनआन्दोलन घाईते, शहिद तथा वेपत्ता परिवारका विद्यार्थिहरुलाई छात्रवृतिको व्यवस्था समेत रहेको क्याम्पस प्रशासनबाट बुझिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको केन्द्रिय विश्वविद्यालय यस अघिनै यस संकायमा BSC CSIT, MSC CSIT शुरु गरिएको थियो ।
सुचना प्रविधिको क्षेत्रलाई पुर्ण रुपमा समेटने गरी विश्व विद्यालयले यस वर्षबाट केन्द्रिय क्याम्पसमा BIT अध्यापन शुरु गर्ने गरि भर्ना समेत खोलिसकेको सुदुरपश्चिम विश्वविद्यालय CSIT संकायका प्रमुख कर्णदेव भट्टले बताएका छन ।
सुदुरपश्चिम तथा नेपालका जुनसुकै स्थानमा रहेका प्लस टु पास गरिसकेका १.८ जिपिए आएका विद्यार्थिहरुले BIT मा भर्ना पाउन सक्नेछन । अधिराज्यभरि संचालनमा रहेको BIT मध्ये सस्तो शुल्कमा BIT कञ्चनपुरमा शुरु हुनुको प्रमुख कारण भने यस क्षेत्रका विद्यार्थिहरु महंगो शुल्क तिरि देश तथा विदेशका क्याम्पसहरुमा अध्यापनको लागि बस्ने बाध्यताको अन्त्य गर्नु रहेको छ ।
