कञ्चनपुर
२० साउन २०८२
हिजो रातिबाट परेको वर्षाका कारण कञ्चनपुर जिल्लाको नेपाल-भारत सिमामा रहेको महाकाली नदिमा जलस्तर बढेपछि महाकाली नदिमा रहेको बनबसा पुलमा आज बिहान ६:०० बजेबाट चारपाङग्रे गाडीहरुको आवत जावत बन्द गरेको छ ।
महाकाली नदिमा पानीको सतह बढदा यस अघिका वर्षहरुमा नेपाल तर्फका भिमदत्त नगरपालिका तथा दोधारा चादनी नगरपालिकाका विभिन्न वडाहरुमा डुबान हुदै आएको थियो भने यस वर्ष नेपाल तर्फको नदिय तटमा नेपाली सेनाले बाध निर्माण गरेपश्चात तटिय क्षेत्रका बासिन्दाहरुलाई केहि राहत महशुस भएको त्यस क्षेत्रका बासिन्दाहरुको बुझाई रहेको छ ।
