१९ साउन २०८२
कञ्चनपुर
कञ्चनपुर जिल्लाको नेपाल-भारत सिमामा रहेको हेल्थ डेस्कमा लक्षणका आधारमा एन्टीजेन्ट चेक गर्दा लगातार रुपमा कोरोना पोजेटिभको संख्या बढदै गएको पाइएको छ । हिजो र आज लगातार १/१ जना गरि दुई दिनमा २ जना एन्टिजेन्ट पोजेटिभ आएको गड्डाचौकी हेल्थ डेस्कले जानकारी गराएको छ ।
भारतबाट नेपाल फर्किरहेका नेपालीहरु नेपाल प्रवेश गर्दा उनीहरु कुनै रोग लागी आफ्नो घर परिवारमा समेत रोग नपुगोस भनि सिमामा रहेको स्वास्थ्य हेल्थ डेस्क मार्फत विभिन्न रोगको चेक जाचँ गरिने गरेको छ ।
