ब्रेकिङ न्युज

Default Placeholder

८ साउन २०८२

कञ्चनपुर:

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा साउन १४ गते हुने भनेको स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा उम्मेदवारी दर्ताको दिन भएको झडपबाट निर्वाचन प्रक्रिया स्थगित भएको छ । केन्द्रिय क्याम्पसमा स्ववियु निर्वाचनमा रोकावट आउनु भने नयाँ कुरा होइन,  यस अघि समेत विभिन्न बहानामा निर्वाचन स्थगित गरिएको थियो ।

पछिल्लो समय चैत्र महिनामा स्ववियु निर्वाचन हुने भएतापनि विभिन्न कारण देखाउदै स्थगित भएको थियो । निर्वाचन स्थगित भएपश्चात सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस कानुन संकायका विद्यार्थिले उच्च अदालत कञ्चनपुरमा रिट दर्ता गरेका थिए ।

१४ गते हुने भनिएको निर्वाचनमा उम्मेदवारी दर्ता हुने दिन उम्मेदवारी दर्ता प्रक्रियामा विद्यार्थिहरु सहमत नभई निर्वाचन प्रक्रियानै स्थगित भएपश्चात आज निर्वाचन समितिका पदाधिकारीहरुले केन्द्रिय क्याम्पसका प्रमुख समक्ष सामुहिक राजिनामा बुझाएका छन ।

विद्यार्थिहरु संग निर्वाचनको लागी  पटक पटकको अनुरोध पश्चातपनि उनीहरु निर्वाचनको लागी तयार नभए पश्चात आफुहरुले सामुहिक राजिनामा दिएको बताउछन, निर्वाचन समितिका संयोजक कर्णदेव भट्ट ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: