ब्रेकिङ न्युज

Default Placeholder

६ साउन , २०८२

कञ्चनपुर:

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियन निर्वाचनको उम्मेदवारी दर्ता लगायतका बिषयलाई लिएर लफडा भएको छ । साउन १४ गते सम्पन्न हुने भनि निर्वाचन तालिका सार्वजनिक गरेको विश्व विद्यालय केन्द्रिय क्याम्पसको निर्वाचन समितिमा हिजो साझ तालाबन्दी गरि शुरु भएको विवादमा आज बिहान केन्द्रिय क्याम्पस परिसरमा विद्यार्थिहरुबिच झडपको अवस्थानै सिर्जना हुदा नेपाल प्रहरीको टोलीले उक्त झडपलाई ठुलो हुन नदिई समाधान गरेको थियो ।

उक्त बिषयलाई लिएर नेपाल विद्यार्थि संघका जिल्ला सभापति रमेश चटौतका अनुसार नेपाल विद्यार्थि संघ जहिलेपनि निर्वाचनको पक्षमा रहेको र नेपाल विद्यार्थि संघ जहिलेपनि क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियन हुनु पर्दछ भन्ने माग राख्दै आएको बताएका छन ।  

विगतका समयमा समेत सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा स्ववियु निर्वाचन गराउन खोज्दा विभिन्न विद्यार्थि संगठनहरुका माग तथा तालाबन्दीका कारण निर्वाचन स्थगित हुदै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: