१४ असार २०८२
काठमाण्डौ:
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौले आज एक अनुरोध पत्र जारी गर्दै सुदुरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, डोटी र अछामका साथ साथै लुम्बनी प्रदेशका बाँके, बर्दिया र दाङ कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान तथा अन्य प्रदेशका पहाडी भु भागका एक दुई स्थानमा १४ गते साँझदेखि १६ गते बिहान सम्म भारी देखि धेरै भारी बर्षाको संभावना रहेको जनाएको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा सबैले सचेत रहन नदिहरुमा जलस्तर बढन सक्ने हुदा नदि किनारमा नजान तथा अत्यावश्यक काम बाहेक घर बाहिर नआउन समेत अनुरोध गरिएको छ ।
