ब्रेकिङ न्युज

Default Placeholder

२८ जेठ २०८२

काठमाण्डौ :

आईसिसि डिभिजन-२ क्रिकेट प्रतियोगिता अन्त्रगत हिजो राती सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड १६ रनले पराजित गरेको छ।  नेदरल्याण्ड टस जितेर ब्याटिङको निम्तो दिएको नेपालको शुरुवाती ब्याटरहरु चल्न नसक्दा दवाबमा देखिएको थियो । मध्यक्रममा भने फेरी एक पटक आरिफ शेखको उत्कृष्ठ ८४ रनको ब्याटिङको मदतले नेपालले ५० ओभर खेल्दै २३६।९ को सम्मानजनक स्कोर सम्म पुगेको थियो । नेपालले नेदरल्याण्डलाई दिएको २३७ रनको लक्ष्य रोक्नका लागी नेपालका सन्दिप लामिछाने १० ओभर बलिङ गर्दै ३९ रन खर्चिदै महत्वपुर्ण ३ विकेट लिए भने सोमपालको ठाउँमा टिममा परेका नन्दन यादवले समेत ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिएका थिए ।

नेपालले नेदरल्याण्डलाई ४९.२ ओभरमा २२० रनमा अलआउट गरेको थियो जसमा २७ रन भने एक्स्ट्राका रुपमा गएको थियो । खेलको म्यान अफ द म्याच भने मध्यक्रममा ८४ रनको इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोर सम्म पुग्न महत्वपुर्ण भुमिका खेलेका ब्याटर आरिफ शेख भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: