कञ्चनपुर , १४ भदौ
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औ जिल्ला धिवेशनबाट नयाँ कार्यसमिति गठनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका निरञ्जन भट्ट दोस्रो कार्यकालको लागि प्यानल सहित घोषणा गरेर आफुलाई निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा फेरि एक पटक पुगाउन निर्माण व्यवसायिहरु माझ सहयोग मागिरहदा आधिकारिक रुपमा अहिले सम्म उनी विरुद्ध अध्यक्षको उम्मेदवारी कसले दिएको भन्ने कुनै समाचार बाहिरिएको पाईदैन ।
यस अघिको निर्वाचनमा अध्यक्ष निरञ्जन भट्ट संग पराजित भएका निर्माण व्यवसायी पुष्पराज अवस्थीले भने जिल्ला भरिका निर्माण व्यवसायीहरु संघमा आबद्ध नहुनु निर्माण क्षेत्रका लागिनै ठुलो चुनौतीको बिषय रहेको र निर्माण व्यवसायीहरु किन संघमा आबद्ध हुन चाहदैनन भन्ने कुराको बारेमा कसैको चासो नभएको हुदा आफु फेरि एक पटक अध्यक्षको लागि उम्मेदवारी दिने तथा निर्माण व्यवसायी साथिहरुले साच्चैनै निर्माण व्यवसायी संघको हित चाहने आफ्नो विभिन्न काममा संघबाट समेत साथ समर्थन चाहने भएमा निर्माण व्यवसायी साथिहरुले आफुलाई साथ दिने भन्दै जिल्लाभरिका निर्माण व्यवसायीहरु लाई एक ढिक्का बनाएर निर्माण व्यवसायी संघलाई हाल सम्मकै नमुना बनाउने समेत बताएका छन ।
निर्वाचन मार्फत अध्यक्ष सहित , वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष , महासचिव , सचिव कोषाध्यक्ष सहकोषाध्यक्ष र सदस्य ७ गरी कुल १४ जना पदाधिकारी चयन गरिनेछन । निर्वाचनको लागि भने अध्यक्षका लागि १ लाख १ हजार रुपैया उम्मेदवारि दस्तुर तथा अन्य पदका लागि ५१ हजार तथा सदस्यमा उम्मेदवारी दिनको लागि २१ हजार रुपैया दस्तुर बुझाउनु पर्ने नियम रहेको छ भने १५औ जिल्लाअधिवेशनको लागि भदौ २१ गते बिहान १००० बजे देखि साझँ ०४०० बजेका बिच निर्माण व्यवसायी संघको सभाहलमा मतदान हुने तथा लगत्तै मतगणना प्रक्रिया शुरु हुने निर्वाचन अधिकृत द्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
