३१ जेठ २०८२
विश्व क्रिकेटको राजा मानिने टेष्ट क्रिकेटको आज दक्षिण अफ्रिका र अष्ट्रेलिया बिच विश्व च्याम्पियनका लागी फाईनल खेलको चौथो दिनको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै नयाँ विश्व टेष्ट च्याम्पियन बनेको छ । गत श्रृखलाको च्याम्पियन अष्ट्रेलिया संगको खेलमा पहिलो इनिङमा सुरुवात खराब रहेको अफ्रिकाको लागी बलिङ युनिट मजबुत हुदा जित सहज भएको हो । अफ्रीकाका लागी एडम माकरमले दोश्रो इनिङमा शतकिय पारी तथा रउनको साथमा कप्तान बवुमाको अर्ध शतकिय पारीको मदतले साउथ अफ्रिकाको जित सहज भएको हो ।
दोश्रो इनिङमा २८२ रनको लक्ष्य पाएको साउथ अफ्रिकाको लागी खेलका म्यान अफ द म्याच समेत रहेका एडम माकरमले २०७ बलको सामना गर्दै १३६ रन बनाए अर्का ब्याटर तथा कप्तान बवुमाले १३४ बलमा ६६ रनको योगदानमा साउथ अफ्रिका सहज जित सम्भव भएको थियो ।
आईसिसी ट्रफीको लागी अनलक्की टोली मानिने साउथ अफ्रिकाको लागी भने आफु माथि लागेको अनलक्की ट्याग समेत हटेको छ ।
