२४ जेठ २०८२
कञ्चनपुर:
नेपाल सरकारले पछिल्लो बजेट भाषणबाट कर्मचारीहरुलाई ३ हजार महंगी भत्ता थप गरेको थियो जसले निम्न स्तरका कर्मचारीहरुलाई केहि राहत भएतापनि सेवानिवृत्त कर्मचारी भने अन्यौलमा परेका छन ।
सेवानिवृत्त कर्मचारीहरु लामो समय सेवा गरे बाफत हुने पेन्सनमा सरकारले सौतेनी व्यवहार गरेको बताउदै आएका छन । नेपाल निवृत्त शिक्षक समाज कञ्चनपुरका अध्यक्ष नारायण दत्त भट्टका अनुसार सरकारले सेवानिवृत्त कर्मचारीहरुलाई सरकारले सौतेनी व्यवहार गरेको बताए सरकारले बर्षौ ईमान्दारीका साथ आफ्नो जिवनको अमुल्य समय देश र जनताको सेवामा लगाएको बाफत समय समयमा यस्ता भेदभावले आफुहरुको सरकार आशा घट्दै गएको र यसले अहिले बहालमा रहेका कर्मचारीलाई समेत उनीहरुको भविष्य के छ भन्ने कुरा प्रष्ट रहेको बताएका छन ।
नेपालको संविधानमा व्यवस्था भए बमोजिमनै आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण तोकिएकै दिन सम्पन्न भयो । जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले संसद भवनमा विषेश समारोहका बिच १९ खर्ब ६४ अर्ब ११ करोड बजेट बारे भाषण गरेका थिए ।
बजेट भाषण सिंगो देशनै चलाएमान गर्ने एउटा प्रणाली भएको हुदा यसलाई सम्पुर्ण देशबासीले समेत उल्लासका साथ लिएका हुन्छन । पछिल्लो केहि वर्षको तथ्यांकलाई हेर्ने हो भने देशभक्त कर्मचारीहरुको तलब जहाको त्यहि छ सरकारले आफु मातहतका कर्मचारी प्रतिको आफ्नो उत्तरदायित्वलाई किन बेवास्ता गरेको होला भन्ने बिषय कर्मचारीहरुका मनमा गम्भिर प्रश्न भएपनि नेपाल सरकार मातहतमा रहेका न्युन पारिश्रमिक पाउनेमा २४ घण्टा डिउटीमा खटिने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अन्य दर्जाका कर्मचारीहरु रहेका छन । देशमा आएको हरेक समस्याका लागी आफु दिन रात डिउटीमा खटिनुपर्ने हुदा न त परिवार संग नै बस्न पाइने न त परिवार तथा आफ्ना बालबालिका लाई राम्रो शिक्षा स्वास्थ्य लगायतका सुविधा नै गर्न सकिने विडम्बना रहेको देखिन्छ ।
पछिल्लो केही समययता सरकारले गरेको निर्णय आफु अनुकुल नभए वा आफुले पाउने कुनै फाइदा नपाउने छाँटकाट हुने बितिक्कै आन्दोलन शुरु गरिहाल्ने परम्परा अगाडी सरेको देखिन्छ तर सुरक्षा निकायमा कार्यरत सबै विभागिय सुरक्षाकर्मीहरु कानुन पालना गराउनु पर्ने निकायका रुपमा स्थापित छन ।
