२२ जेठ २०८२

कञ्चनपुर : आज विश्व वातावरण दिवसको अवसर पारेर नेपालमा समेत विभिन्न कार्यक्रमहरु गर्दै वातावरण दिवस भव्य रुपमा मनाइएको छ । नेपाल विद्यार्थी संघमा आबद्ध भानु बहुमुखी क्याम्पसका विद्यार्थीहरुले कञ्चनपुरको दोधारा चादनी नगरपालिकाका विभिन्न स्थानहरुमा सरसफाई गरी कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विश्व वातावरण दिवसको अवसरमा हामी वरपरको वातावरण हामी आफै सफा गर्नु पर्दछ भन्ने सकारात्मक सोच सबैमा हुनुपर्दछ भन्ने धारणा सबैमा हुनुपर्दछ भन्दै भानु बहुमुखी क्याम्पसका ने वि संघ सभापति सुवास नेगी लगायतका ने वि संघमा आबद्ध विद्यार्थीहरुले भानु बहुमुखी क्याम्पस, दोधारा चादनी स्थित ईलाका प्रहरी कार्यालयको पर्खाल, दोधारा चादनी नगर अस्पलाल तथा दोधारा चादनी वडा नं ०६ मा रहेको हाटबजार क्षेत्रमा सरसफाई गरेको नेविसंघ कञ्चनपुरका जिल्ला सभापति रमेश चटौतले निश्पक्ष आवाज अनलाईनलाई जानकारी गराएका हुन ।