११ जेठ २०८२
बैतडी
देशमा हिन्दु राज्य हुनु पर्ने माग बढदै गईरहेको समयमा देव भुमीको रुपमा चिनिने बैतडी जिल्लामा समेत हिन्दु राज्यको माग बढदो रुपमा रहेको भन्दै नेपाली काङग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बैतडीले जिल्ला सभापति मार्फत नेपाली कांग्रेसको केन्द्रीय कार्यालय तथा सभापति शेरबहादुर देउवालाई ३३ बुँदे मागपत्र पठाइएको छ ।
नेपाल विद्यार्थी संघ बैतडीका कार्यवाहक अध्यक्ष समेत रहेका अमरबहादुर टेर संयोजक रहेको अभियानले मागपत्र पठाएको हो । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दमार्फत आज मागपत्र पठाइएको नेविसंघका कार्यवाहक अध्यक्ष टेरले बताए । यो अभियानमा नेपाली कांग्रेसका नेता –कार्यकर्ताहरुको जोडिएका र अझै जोडिने क्रम जारी रहेको टेरले बताए ।
माग पत्रमा सनातन हिन्दू राज्य स्थापना, सनातनी हिन्दू संघ स्थापना, प्र्रदेश संरचना खारेज लगायतका ३३ ओटा बुँदा समेटिएका छन् । देशमा चरम बेरोजगारी, बढ्दो भ्रष्टाचारले समस्या निम्त्याएको बताउँदै टेरले ३३ बुँदे माग पूरा भएमा धेरै कुराको समाधान हुने जिकिर गरे ।उक्त मागपत्रमा सुधारिएको लोकतन्त्र स्थापना, आरक्षण र भत्ता खारेज, सुन्दर गाउँ र गौ रक्षा, युवा नेतृत्व, स्वदेशी लगानी र स्वदेशी उत्पादन, पर्यटन व्यवसायलाई बढावा दिनुपर्ने लगायतका मागहरु राखिएका छन् ।पार्टी र लोकतन्त्रलाई बलियो बनाउन आफूले ३३ बुँदे मागलाई अभियानको रुपमा सञ्चालन गरेको र यो अभियानले कांग्रेसलाई बलियो बनाउने नेविसंघ कार्यवाहक अध्यक्ष टेरले बताए ।
३३ बुदे मागहरु:
१:नेपाली कांग्रेस पार्टी भित्र सनातनी हिन्दु संघ स्थापना
२:सनातन हिन्दु राष्ट्र पुन: स्थापना
३:प्रदेशहरु खारेज
४:सुधारिएको लोकतन्त्र
५:पक्षपाती आरक्षण र अनावश्यक भत्ता खारेज
६: गाजा खेती पुनः बैधानिक
७: बिज्ञान प्रबिधिमा आधारित आध्यात्मिक समाजवाद
८:सुन्दर गाउँ र गौ रक्षा
९: युवा नेतृत्व
१०:स्वदेशी लगानी र स्वदेशी उत्पादन
११:नेपाल मै कामको ब्यवस्था
१२:बिश्वकै उत्कृष्ट पर्यटन ब्यवसाय
१३:जलविद्युत उत्पादन , खानी उत्खनन र पानी प्रशोधन
१४:बहुमुल्य जडिबुटी प्रसोधन र महङ्गो रुख बिरुवा उत्पादन
१५: दिगो बिकास
१६:श्री पशुपतिनाथ र काठमाडौं शहरको महत्त्व
१७:नैतिकवान जिम्मेवार नेता र जनप्रतिनिधि
१८:चुस्त दुरुस्त सरकारि सेवा
१९:काम लाग्ने शिक्षा
२०:निसुल्क आधारभुत सेवा
२१:बिदेशी ऋणको भार हटाउने
२२:सरकार सङ्ग पैचो ऋण
२३:पेट्रोलियम पदार्थ र त्यसका उपभोक्ता नै लगानी कर्ता
२४:प्रकृति र सम्पदाहरुको संरक्षण
२५: धर्म परिवर्तनमा रोक
२६:स्वास्थ्यबर्दक खानेकुरा
२७: टोलहरुमा आपतकालीन कोषको स्थापना
२८:मानव धर्मको पालना
२९: बिधुतिय सवारी साधन
३०: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
३१:समानुपातिक निर्वाचन प्रणाली खारेज र केद्रीय सांसद को संख्या ७७
३२: हिन्दु सम्राट
३३:सनातन बोर्ड गठन
