कंचनपुर 

कंचनपुरको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको दोधारा-चादनी झोलुङ्गे पुल करिब एक हप्ता निर्माण कार्यको लागी आवत-जावत बन्द गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट कार्यक्रम बमोजिम  ०८२/०१/२५ गते देखि ०८२/०१/३१ गते सम्म बिहान ०७:०० बजे देखि दिउँसो १:०० बजेसम्म तथा दिउँसो २:०० बजे देखी साझ ०६:०० बजे सम्म मर्मतकार्यको लागी आवत-जावत बन्द गरिएको भिमदत्त नगरपालिकाले सुचना प्रकाशित गर्दै सुचना प्रवाह तथा आवश्यक सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका र दोधारा-चादनी नगरपालिका जोडने झोलुङ्गे पुल महाकाली नदीमा अवस्थित पर्यटकिय स्थलका रुपमा चिनिएको पुल समेत हो । आन्तरिक तथा बाह्य पर्यटनको लागी कंचनपुर पुगिसकेपछी पुग्नै पर्ने स्थानको रुपमा परिचित झोलुङ्गे पुल समय समयमा निर्माण कार्य गरिदै आएको छ  ।