सुदुरपश्चिम प्रदेश धनगढी
२४ भदौ २०८१
धनगढी स्थित ओम पार्टी प्यालेसको हलमा आज राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठक राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टको सभापतित्वमा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य रबि लामिछाने तथा विशिष्ट अतिथि सोही पार्टीका केन्द्रीय सह-प्रवक्ता रमेश प्रसाईं लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै रास्वपा सभापती तथा पुर्व गृहमन्त्री रबि लामिछानेले राष्ट्रिय राजनीतिमा रास्वपाको उपस्थिति अनिवार्य विषय बनिसकेको तथा २०८४ को निर्वाचनमा रास्वपा सकिएको हो कि सकाउन आएको कुरा दलहरुले थाहा पाउने बारे आफू विश्वस्त रहेको बताएका छन ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथाको अन्त्यको लागि छाउगोठ प्रथा उन्मुलन सम्बन्धि प्रतिबद्धता २०८१ उद्घोष समेत गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिको दोस्रो विस्तारित बैठकमा गरिएको छाउगोठ प्रथा उन्मुलन सम्बन्धि प्रतिबद्धता २०८१ मा हस्ताक्षर संकलन कार्यक्रम पनि भएको छ ।
