सुदुरपश्चिम प्रदेश सरकारमा मुख्य मन्त्रीको जिम्मेवारीमा नेकपा एकीकृत समाजवादीका माननीय दिर्घ सोडारी रहेका छन ।  सुदूरपश्चिम प्रदेशमा जम्मा ५३ जना प्रदेश सभा सदस्यहरू रहेका छन । मुख्य मन्त्री परिवर्तन संगै मन्त्रीहरु समेत फेरबदल हुने गर्दछन , भने हालै तोकिएको जिम्मेवारी मा ५ जना माननियहरुलाइ विभिन्न मन्त्रालयहरुको जिम्मेवारी तोकिसकेको छ भने ५ जना माननियहरु विना विभागिय अर्थात पछि जिम्मेवारी तोकिने गरि मन्त्रीमण्डल बनाइएको छ ।

१. मुख्यमंत्री तथा मन्त्री परिषद्को कार्यालयमा नेकपा एकिकृत समाजवादी कैलाली क्षेत्र ४(१) बाट निर्वाचित
मुख्यमंत्री- दिर्घ बहादुर सोडारीको स्थायी ठेगाना- गौरिगंगा न.पा.-५ हो ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

२. भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीका कैलाली क्षेत्र १(१) बाट निर्वाचित कैलाली जिल्ला भजनी न.पा.-६ स्थायी बसोबास भएका माननिय कैलाश चौधरीले पाएका छन ।

३. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी
नागरिक उन्मुक्ति पार्टीको समानुपातिक तर्फबाट निर्वाचित कैलाली जिल्ला लम्किचुहा न.पा.-१ स्थायी बसोबास भएकी माननीय टिका थापालाई सुम्पिएको छ ।

४. आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी नेकपा एमालेबाट
बैतडी क्षेत्र १(१) बाट निर्वाचित डिलासैनी गा.पा.-३ स्थायी ठेगाना भएका माननिय सुरेन्द्र बहादुर पाललाई सुम्पिएको छ ।
५. सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्र कञ्चनपुर क्षेत्र २(१) बाट निर्वाचित वेदकोट न.पा.-१० स्थायी ठेगाना भएका माननीय ओम विक्रम भाटलाई सुम्पिएको छ ।

विना विभागीय मन्त्री
१.जिम्मेवारी तोक्न बाकी रहेका वीर बहादुर थापा नेकपा एमाले कञ्चनपुर क्षेत्र १(१) बाट निर्वाचित पूनर्वास न.पा.-२ का स्थायी बासी हुन ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

२. अक्कल बहादुर रावल नेकपा माओवादी केन्द्र अछाम क्षेत्र २(१) निर्वाचित , पञ्चदेवलबिनायक न.पा.-७ का स्थायी ठेगाना भएका हुन ।

३. भिमदत्त न.पा.-४ स्थायी ठेगाना भएका माननिय हिरा सार्की नेकपा एमाले समानुपातीकबाट निर्वाचित माननीय हुन ।
४. मालिकार्जुन गा.पा.-७ स्थायी ठेगाना भएकी माननिय लक्ष्मी वि.क. नेकपा माओवादी केन्द्र समानुपातिक तर्फ बाट निर्वाचित हुन ।

५. कंचनपुर जिल्ला भिमदत्त न पा ०६ स्थायी ठेगाना भएकी माननीय माया पन्त नेकपा एकिकृत समाजवादीको समानुपातिक तर्फबाट निर्वाचित हुन ।