देशको वर्तमान राजनितीक अवस्था हेर्दा विगतमा भन्दा पछिल्लो निर्वाचनको परिणामले देशको राजनितीमा ठुला मानिएका दलहरुलाई देश र जनता को बारेमा सोच्न र देश विकाशका मुद्दाहरुमा ध्यान दिनु पर्ने महशुस गराईसकेको भएतापनि दलहरुको चालचलन भने पुरानै शैलीको देखिएको छ ।

कञ्चनपुर जिल्लामा संघिय राजनिति तर्फ ३ वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र न. १ मा ने क पा एमालेका तारालामा तामाङ ले जीत सुनिश्चित गरे भने माओवादी केन्द्रमा राम्रो नेताको रुपमा स्थापित तथा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दहाल “प्रचण्ड” कि बुहारी विना मगर लाई पराजित गरेका थिए । त्यस्तै निर्वाचन क्षेत्र न. २ मा ने क पा एमालेका नर बहादुर धामीलाइ पराजित गर्दै नेपाली काङ्ग्रेसका नेता एन.पी. साउदले विजय हासिल गर्नुभएको थियो भने क्षेत्र नम्बर ०३ मा ने क पा एमालेकी निरुदेवी पाललाइ पराजित गर्दै नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले जीत हासिल गरेका थिए ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

देशभरीको निर्वाचन नतिजा हेर्दा संघिय तर्फ प्रत्यक्ष तथा समानुपातिकमा राजनितिक दलहरुको अवस्था:

सि नराजनितिक दलप्रत्यक्ष तर्फ प्राप्त सिटसमानुपातिक तर्फ प्राप्त सिटजम्माकैफियत
1.नेपाली काग्रेस573289
2.ने क पा एमाले443478
3.माओवादी केन्द्र181432
4.एकिकृत समाजवादी पार्टी10010
5.राष्ट्रिय स्वतन्त्र पार्टी71320
5.जनता समाजवादी पार्टी7512
6.राष्ट्रिय प्रजातन्त्र पार्टी7714
७.स्वतन्त्र5
5
8.लोकतान्त्रीक समाजवादी पार्टी4
4
9.नागरिक उन्मुक्ती पार्टी3
3
10.नेपाल मजदुर किसान पार्टी1
1
11.जनमत पार्टी156
12.राष्ट्रिय जनमोर्चा1
1

जम्मा165110275

सबैभन्दा ठुलो दलको रुपमा रहेको दल सीट संख्यामा नेपाली काङ्ग्रेस देखिए पनी निर्वाचनको समयमा रहेको गठबन्धन दीर्घकालीन नहुदा निर्वाचन नतिजामा तेस्रो दलको रुपमा आएको माओवादी केन्द्रले सरकार निर्माणको जिम्मा पाएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री नियुक्त भएका छ्न ।

ने क पा एमाले ,माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा नयाँ सरकार निर्माण भएको छ ।