सुदुरपश्चिम प्रदेश, ३१ साउन २०८३ – नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएका छन्।

बैतडीको दशरथचन्द नगरपालिका–४, गोठालापानीस्थित होटल हेरिटेजमा मुकाम रहेका मन्त्री लम्साललाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

शनिबार साँझ करिब ६ः२५ बजे दशरथचन्द नगरपालिका–५ स्थित सुन्दरखाली खेलमैदानबाट नेपाली सेनाको NA-054 ALH हेलिकोप्टरमार्फत उनलाई धनगढी विमानस्थल लगिएको थियो।

त्यसपछि साँझ ७ः०७ बजे धनगढी विमानस्थलबाट सोही हेलिकोप्टरमार्फत मन्त्री लम्साललाई थप उपचारका लागि काठमाडौं लगिएको बताइएको छ।

मन्त्री लम्सालसँग हेलिकोप्टरमा सचिव गोपाल सिग्देल, डीजी विजय जैशी, स्वकीय सचिव निर्मल ज्ञवाली, अंगरक्षक सुवेदार नरबहादुर खड्का र पीएसओ प्रनानी विजय क्षेत्री समेत रहेका थिए।

मन्त्री लम्सालको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com