ब्रेकिङ न्युज

नयाँदिल्ली, ६ बैशाख, २०८३/‎मानसखण्ड(सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँ दिल्लीमा सम्मानित गरिएको छ । भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय याेगदान पुर्‍याएकोमा उनलाई ‘भारत-नेपाल मैत्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएका छन ।

भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन् । आइतबार दिल्ली विश्वविद्यालय अन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्र सहित सम्मानित गरिएको हो । भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार डा.सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र माेडल ज्याेति झुल्का, डा. राजरानी  भल्लाले सम्मानित गरेका थिए । साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लाेकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गाेष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: