ब्रेकिङ न्युज

Default Placeholder

बैशाख-४,कञ्चनपुर

भ्रष्टाचार मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत बबरमहल काठमाडौंको मिति २०८१ वैशाख २४ गतेको फैसला अनुसार जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने ४४ वर्षीय गोपाल रसाइलीलाई ४ वर्ष कैद सजाय तथा ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना तोकिएको थियो।

फैसलापछि फरार रहेका रसाइलीलाई बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका रसाइलीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको र कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: