कञ्चनपुर, ०४ चैत — कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

मंगलबार राती करिब ९:०० बजे दोधाराचाँदनी नगरपालिका–४ सुर्खेती टोलका अन्दाजी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै सौतेनी आमा र दिदीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। प्रहरीका अनुसार श्रेष्ठले अन्दाजी ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठमाथि बारम्बार धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा अन्दाजी ५४ वर्षीया भगवतीदेवी माँझी गम्भीर घाइते भएकी छन्। घाइते माँझीलाई दोधाराचाँदनी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ। 

घटनापछि फरार रहेका श्रेष्ठको खोजी कार्य तीव्र बनाइएको कञ्चनपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।