१६ फागुन, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार ज्ञानेंद्र सिंह महताले पत्रकार सम्मेलन  मार्फत बाचा–पत्र सार्वजनिक गरेका छन।

बाचा–पत्रमा सुशासन र पारदर्शिता, जनउत्तरदायी प्रतिनिधित्व, शिक्षा र स्वास्थ्य सुधार, युवालाई रोजगारी तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। सडक, खानेपानी, सिँचाइ, विद्युत् तथा डिजिटल पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिइने प्रतिबद्धता जनाइएको छ।

उम्मेदवार महताले जनताको विश्वासलाई सम्मान गर्दै क्षेत्रको समग्र विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।