२४ माघ, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

महेन्द्रनगर:  महेन्द्रनगरस्थित कबड्डी हलमा लिटिल बुद्ध एकेडेमीको आयोजनामा ८औँ LBA टी–२० कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा यस वर्ष सुदूरपश्चिम प्रदेशका १९ वटा विद्यालयको सहभागिता रहेको थियो।पुस २८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीहरूमध्ये आयोजक लिटिल बुद्ध एकेडेमी, महेन्द्रनगर र धनगढीस्थित क्रिसेन्ट सिटी स्कुल फाइनलमा प्रवेश गरेका थिए।

१ लाख १५ हजार रुपैयाँ नगद तथा ट्रफी प्रथम पुरस्कार र ६० हजार रुपैयाँ नगद तथा ट्रफी द्वितीय पुरस्कार रहेको प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी ६९ रनमै अलआउट भएपछि क्रिसेन्ट सिटी स्कुललाई लक्ष्य भेट्न सहज भएको थियो। जितका लागि ७० रनको लक्ष्य पाएको क्रिसेन्ट सिटी स्कुलले आर्यन दनपालीको ३३ रनको योगदानमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै उपाधि हात पारेको हो। सानो लक्ष्य भए पनि खेल अन्तिम ओभरसम्म रोचक बनेको थियो। लिटिल बुद्ध एकेडेमीले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गरे पनि खेल जोगाउन सकेन।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै नोबेल एकेडेमीका आकाश क्षेत्री ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।त्यस्तै, लिटिल बुद्ध एकेडेमीका हर्षित भट्ट उत्कृष्ट ब्याटर, इन्टरनेशनल पब्लिक स्कुलका रोसन मिश्र उत्कृष्ट बलर तथा लिटिल बुद्ध एकेडेमीका कुनाल बिष्ट ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

समापन समारोहमा बोल्दै लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले आगामी महिनामा यस्तै प्रकृतिको भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका मौनीले शिक्षासँगै खेलकुद तथा अतिरिक्त गतिविधिमार्फत विद्यार्थी र अभिभावकसँग सुदृढ सम्बन्ध बनाउँदै आएका छन। कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विद्यालयस्तरमा यस्ता खेलकुद प्रतियोगिता निरन्तर आयोजना गरेकोमा लिटिल बुद्ध एकेडेमीलाई धन्यवाद व्यक्त गरे।