ब्रेकिङ न्युज

Default Placeholder

२७ पुस, २०८२

कंचनपुर :

राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा आज कंचनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा विविध कार्यक्रम आयोजना गरिएको छ। महेन्द्रनगरमा रा.प्र.पा कंचनपुर र धनगढीमा पृथ्वी पथ प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रभातफेरी पश्चात् बडा महाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा पुष्प तथा माला अर्पण गरिएको थियो ।

महेन्द्रनगरमा राप्रपा कंचनपुरको पार्टी कार्यालयबाट शुरु भएको र्‍याली बजार परिक्रमा गर्दै भगतपुरमा रहेको नेपाली सेनाको बाहिनी अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माला अर्पण सहित नारा-जुलुस तथा छलिया नृत्य सहितको कार्यक्रम सम्पन्न भएको थियो । 

 धनगढी उपमहानगरपालिका–०२ स्थित ट्राफिक चौराहाबाट प्रभातफेरी पदयात्रा सुरु भएको प्रभातफेरी धनगढी उपमहानगरपालिका–०१ स्थित वीरेन्द्र ऐश्वर्य उद्यान अगाडि राष्ट्रिय सरोकार मञ्च नेपालको सौजन्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर…’ गायनसँगै सुरु गरिएको थियो। पृथ्वी पथ प्रतिष्ठानका संयोजक रचित शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय संयोजक सोम विक्रम सिंह, श्री १००८ स्वामी देवराज आचार्य, आचार्य श्रीनिवास, राप्रपा नेता दुर्गादत्त पाण्डे लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा पुर्‍याएको योगदान र जीवनचरित्रबारे चर्चा गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: