ब्रेकिङ न्युज

Default Placeholder

२० मंसिर, २०८२ 

काठामाण्डौ: 

नेपाल प्रीमियर लिगको जारी सिजनमा अपराजित रहेको सुदुरपश्चिम रोयल्सको अपराजित यात्रा आजको खेलले तोडेको छ । आज दिउँसो भएको खेलमा पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाउदै १४७ रनमा सिमित भएको रोयल्सलाइ साउथ अफ्रिकाका भेट्रान खेलाडी फाप डिप्लेसीको आक्रामक अर्ध सतकले अपराजित यात्रामा सक्किएको हो । 

पहिले ब्याटिङ गरेको रोयल्सका लागि मध्यक्रमका ब्याटर आरिफ सेखले ४५ तथा लयमा रहेका ईसान पाण्डेयले ३८ रनको इनिङ खेलेका थिए । जवाफी ब्याटिङमा आएको विराटनगरका ओपनर डुप्लेसी र हेजलेटको आक्रामक अर्धसतकसङ्गै रोयल्सको अपराजित यात्रामा पुर्ण विराम लागेको हो । डुप्लेसीले २० बलमा ४ छक्का र ५ चौकाको मदतमा अर्धशतक पूरा गरे भने अर्का ओपनर ब्याटर हेजलेटले ४ छक्का र ३ चौकाको मदतमा २७ बलमा ५१ रनको इनिङ खेल्दै खेललाई एकतर्फी बनाएको थिए ।खेलको अन्तिम खेल रन बाकी हुदा क्रीजमा आएका प्रतिश जि.सी.ले ३ बलमा १३ रन बनाउदा विराटनगरले ११.५ ओभरमा ४ विकेट बनाउदै १५० रन बनाउदै खेललाई ६ विकेटले जितेको थियो । 

यो हार संगै रोयल्सले लिग चरणको आफ्नो ७ खेलमा ६ जितका साथै १२ प्वाइन्ट सहित टेबलमा एक नम्बरमा रहेको छ भने आजको खेलमा जित निकाल्दै लिग चरणमा ७ मध्ये ५ खेल जितेको विराटनगर दोस्रो स्थानमा पुगेको छ । लिग चरणका अन्तिम पहिलो दुई टोलीले क्वालिफायर-१ मा एक आपसमा भिडने पक्का भएको छ भने जित्ने टोलीले फाइनलमा अर्को फाइनलिष्टलाइ पर्खिने छ । तालिकामा तेस्रो स्थानमा काठमाण्डौ र चौथो स्थानमा लुम्बिनी रहेका छन । यी दुई टोलीले क्वालिफायर दुई खेल्नेछन भने क्वालिफायर दुईमा जित निकाल्न सक्ने टोली क्वालिफायर्स एकमा हार्ने टोली संग फाइनल प्रवेशको लागि भिडनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: