
०२ मंसिर २०८२
कञ्चनपुर:
वेदकोट नगरपालिकाले नगर प्रहरी भर्नाको लागि सुचना निकालेको छ । वेदकोट नगरपालिका तथा कार्यपालिकाको कार्यालयले मंसिर ०१ गतेबाट सुचना जारी गर्दै १५ दिन भित्र दरखास्त दिन सकिने उक्त सुचनामा नगर प्रहरी सहायक निरिक्षक १ जना सहित हवल्दार जवान गरी १३ जनाको लागी नयाँ भर्नाको लागि सुचना निकालेको हो ।
नगरपालिकामा प्रमुख उपप्रमुख सहित राजनितिक दलबाट निर्वाचित भएका प्रतिनिधि हुने भएतापनि सुचनामा कुनै राजनितिक दलको सदस्य नरहेको व्यक्ती मात्र सेवामा प्रवेश गर्न पाउने भन्ने जानकारी गराइएको छ । ४५ वर्ष ननाघेको तथा १८ देखि २३ वर्षको उमेर समुह गरी दुई समुहले उक्त पदमा दरखास्त दिन सकिने सुचनाबाट जानकारी गराएको छ ।
नगर प्रहरीले नगरपालिकाका निर्णयहरु कार्यान्वन गराउन नगरपालिकाले खटाएको खण्डमा कार्यान्वयन गराउनु पर्ने लगायतका विषयमा नगर प्रहरीको मुख्य भुमिका हुने भएतापनि नगर प्रहरीले नगरपालिकाको करार कार्यविधी अनुसार स्थानिय नगरपालिकालाई प्राथमिकता दिने भए पछि स्थानियले स्थानियसंगै निर्णय कार्यान्वयन गराउन असहज हुने स्थानियहरुको भनाई रहेको छ ।
नगर प्रहरी भर्ना प्रक्रिया बारे बेदकोट नगरपालिकाका प्रशासकिय अधिकृत हरिदत्त भट्टका अनुसार, “नगरपालिकाको निर्णय कार्यान्वयन गर्ने कार्यमा थप बल पुगाउनको लागि नगरप्रहरीको स्थापना गरिन लागेको हो” ।
