ब्रेकिङ न्युज

Default Placeholder

२० असोज २०८२

काठमाण्डौ :

जेन-जी आन्दोलनपछि संसद विघटन भई अन्तरिम सरकार भए पश्चात अन्तरिम सरकारको मुख्य लक्ष्य फागुन २१ गते निर्वाचन सम्पन्न गराउने रहेको छ । निर्वाचनको लागी आज निर्वाचन आयोगका सह-सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईको हस्ताक्षरित प्रेस विज्ञप्ती निकाल्दै फागुन २१ गते प्रतिनिधीसभाको निर्वाचन गराउने गरी कार्यतालिका  स्वीकृत भएको जनाएको छ ।

कार्यतालिका अनुसार, मंसिर १ गते देखि १० गते सम्म निर्वाचन प्रयोजनका लागी राजनितिक दल दर्ताको कार्यक्रम रहेको छ भने आयोगमा दर्ता कायम रहेका राजनितिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२ कार्तिक ३० गते अगाडीनै राजनितिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तथा फागुन ३ गते देखि १८ गते सम्म निर्वाचनका लागि प्रचार प्रसार हुने त्यसपछि भने प्रचार प्रसार कार्यमा निषेध लगाईने उक्त विज्ञप्तीबाट भनिएको छ ।

बिषम परिस्थितीमा बनेको सरकारले तोकिएकै समयमा निर्वाचन गराउन सफल हुन्छ वा हुदैन भन्ने बहस शुरु नहुदै निर्वाचन आयोगको तालिका सार्वजनिक गर्नु सम्पुर्ण नेपालीमा सुखद समाचार हुनेछ ।

भदौ २३ र २४ गते भएको आन्दोलनले पुराना स्थापित दलहरुमा कतिपय प्रश्नहरु खडा गर्नुका साथै कार्यकारी प्रमुख सम्पत्ति छानविन लगायत आन्दोलनमा दमन गर्ने माथि कार्बाहि गर्नुपर्ने मागहरु अगाडि सारेका थिए । अन्तरिम सरकारले यस बिषयमा भने नतिजा योग्य काम गर्न समेत बाकिनै देखिन्छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: