ब्रेकिङ न्युज

Default Placeholder

१४ असोज २०८२

कंचनपुर :

कञ्चनपुर जिल्लाको बेदकोट न.पा.३ सिउडीबाग स्थित दैजि जोगबुढा सडक खण्डमा बोलेरो जीप दुर्घटना हुदा २ बर्षिय बालिकाको मृत्यु भएको छ । दैजिबाट जोगबुढा तर्फ जादै गरेको से. १ ज. ४१७ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २० मिटर तल खस्न गई गाडीमा सवार वेदकोट नगरपालिका ४ बस्ने तारा पालकी २ बर्षिय छोरी युबिका पालको मृत्यु भएको छ । 

जीपमा सवार घाईतेहरुको  महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । घाइते हुनेमा कञ्चनपुर कृष्णपुर न.पा.वडा नं.१ वाणि बस्ने बर्ष अं.३३ कि धाना बोहरा, धाना बोहराको छोरा बर्ष अं.४ को कमल बोहरा, सोही वडा बस्ने बर्ष अं.३० कि तारा पाल, तारा पालको छोरा बर्ष अं.१० को प्रिन्स पाल,  डडेल्धुरा पर्शुराम न.पा.९ बस्ने बर्ष अं.३५ को देबेन्द्र धामी, सोही ठाउँ ११ बस्ने बर्ष अं.२४ को बिरेन्द्र कुँवर, श्रीमति बर्ष अं.२१ कि मनिशा कुँवर र बर्ष २८ को नरेश सार्की रहेका छन । सबै घाइतेहरुलाइ उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी गराएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: