६ भाद्र २०८२
नेपालले आज टप इन्ड टी-२० सिरिजमा पाकिस्तानको साहिन्स संग आफ्नो छैठौँ म्याच खेलिरहेको छ । अष्ट्रेलियाको डार्बिनमा नेपाली समय अनुसार ३:१५ बजेबाट शुरु भईरहेको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ ।
नेपाली टिमका नियमित कप्तान रोहित पौडेल, स्पिनर सन्दिप लामिछाने र अलराउण्डर गुल्सन झाँ आजको खेलमा फर्किएका छन भने सोमपाल र नन्दन यादवको जोडीले पेस बलिङको जिम्मेवारीमा देखिएका छन । नेपालले यो सिरिजमा आफ्ना शुरुका ३ म्याचको हारबाट शुरु गरेपनि लगातार २ म्याच जित्दै सिरिजमा कमब्याक गरेको थियो ।
सिरिजमा नेपाल सहित ११ टिमहरु रहेका छन । नेपाल संग सिरिजको आफ्नो छैठौँ म्याच खेलिरहेको पाकिस्तानी साहिन्सले भने आफ्ना ५ खेलमा ३ जित निकाल्नुका साथै २ हारको सामना गर्दै अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने नेपाल ५ खेलमा ३ हार र २ जित सहित अंक तालिकामा आठौ स्थानमा रहेको छ ।
आजको खेलले नेपाललाई सिरिजमा अंक तालिकाको राम्रो स्थानमा पुगाउन मदत गर्ने छ भने नेपालले बलिङ र ब्याटिङ युनिटमा भने पहिलेको म्याचहरु भन्दा अझै सुधार गर्नु पर्ने देखिन्छ ।
समाचार तयार पारिदा सम्म ४ ओभरमा १८ रन खर्चिदै २ विकेट आउट गरिसकेको छ नेपालका लागी दिपेन्द्रले २ ओभरमा ४ रन खर्चिदै २ विकेट लिएका छन।
