महेन्द्रनगर :  बैंकर्स क्लब महेन्द्रनगर पुनर्गठन गरिएको छ । महेन्द्रनगरमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका शाखा प्रबन्धकहरूको साझा पहलमा बैंकर्स क्लब महेन्द्रनगरको पुनर्गठन गरिएको हो ।  नवगठित क्लबको अध्यक्षमा नबिल बैंकका शाखा प्रबन्धक तपेन्द्र कुँवर चयन भएका छन । त्यसैगरि क्लबको उपाध्यक्षमा ग्लोबल आइएमइ बैंकका शाखा प्रबन्धक भुवन प्रसाद भट्ट,सानिमा बैंकका शाखा प्रबन्धक दिनेश कठायत चयन हुनुभएको छ । कोषाध्यक्षमा नेपाल बैंकका शाखा प्रबन्धक झविन्द्र अधिकारी,सचिवमा मुक्तिनाथ बैंकका शाखा प्रबन्धक तिर्थ राज पाण्डेय, सह–सचिवमा शाइन रेसुङ्गा विकास बैंकका शाखा प्रबन्धक वासुदेव पन्त रहनुभएको छ । सदस्यहरुमा  सिद्घार्थ बैंक लिमिटेडका शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्की, एनएमबि बैंक लिमिटेडका शाखा प्रबन्धक खेम राज उपाध्याय, प्राइम बैंक लिमिटेडका शाखा प्रबन्धक,  पुष्कर कुँवर, सिटिजन बैंक इन्टरनेसनल लिमिटेडका शाखा प्रबन्धक शंकर दत्त जोशी र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा प्रबन्धक,   पवित्रा भट्ट छन ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

      त्यसैगरि सल्लाहकारमा एनएमबि बैंक लिमिटेडका सिनियर एरिया म्यानेजर,सुशील बहादुर   सिंह,राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगरका शाखा प्रबन्धक कर्ण देव जोशी, लक्ष्मी सनराइज बैंक लिमिटेडका शाखा प्रमुख योगेश कुमार भट्ट, एभरेस्ट  वाणिज्य बैंक, महेन्द्रनगरका शाखा प्रमुख तेजेन्द्र बहादुर के.सी रहनुभएको छ । नवगठित कार्यसमितिले बैंकिङ क्षेत्रको समन्वयात्मक विकास, वित्तीय साक्षरता, तालिम, सामाजिक गतिविधिहरू र पेशागत सम्बन्ध विस्तारमा ध्यान केन्द्रित गर्दै नियमित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

क्लबले बैंकिङ क्षेत्रको सशक्तीकरण, आपसी समन्वय, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।