४ असार २०८२
काठमाण्डौ
हिजो राती स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा नेपालले खेलको अन्तिम ओभरको १ बल बाकी रहदा स्काटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटीङको निम्तो पाएको घरेलु टोलीको ब्याटरहरु भने नेपाली बलरहरु अगाडी लाचार अवस्थामा देखिएका थिए ।
स्कटल्याण्डका लागी माईकल लिस्कको संघर्षपुर्ण ४६ रनको पारीले टीमलाई १९/४ ओभरसम्म लैजादै ९७ रन सम्म मात्र पुगाउन सफल भयो । स्कटल्याण्डको ब्याटिङ युनिटलाई सस्तोमा समेटनको लागी नेपालका संदिप लामिछानेले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ११ रन खर्चिदै ४ विकेट लिए भने अलराउण्डर दिपेन्द्रले २ , करन के सी २ तथा ललितले १ विकेट लिएका थिए ।
सहज रुपमा नेपालले जित्ने आशा गरेको खेल समेत स्कटल्याण्डका बलरहरुले उत्कृष्ठ बलिङको अगाडि टिक्न नसकेपछि ९८ रनको लक्ष्य पाउन समेत खेल कुन टोलीले जित्ने भन्ने अन्तिम ओभर सम्म पर्खाईको बिषय बनेको थियो ।
जितमा नेपालका लागि कुशल भुर्तेलले टिमलाई सम्हाल्दै ३५ रनको सुचबुझपुर्ण पारी खेले भने दिपेन्द्रले १४ बसिरले १३ र किरन ठगुन्नाले १० रनको योगदान गरेका थिए ।
