२६ जेठ २०८२
कञ्चनपुर :
भारतमा कोरोना भाइरसको संक्रमण बढे संगै नेपालका सिमा नाकामा समेत भारतबाट नेपालतर्फ आउने मानिसहरुमा कोरोना भाइरस भए नभएको चेक जाचँ गरिनुपर्ने हो । पछिल्लो समय सुदुरपश्चिमका विभिन्न नाकाबाट नेपाल फर्कनेहरुमा कोरोना संक्रमण देखिरहेका बेला कञ्चनपुरको गड्डाचौकी नाकामा भने कोरोना परिक्षणको किट नै नहुदा कोरोना परिक्षण समेत नभएको पाइएको छ ।
स्वास्थ्य निर्देशनालय धनगढीका अनुसार, “कोरोना तथा अन्य सरुवा रोग देशमा भित्रिन नसकुन भनेर सुदुरपश्चिमका विभिन्न नाकामा गरी ५ वटा हेल्पडेस्क स्थापना गरिएका छन , भारतबाट आउने मानिसहरुमा कोरोना लगायत अन्य सरुवा रोगहरुको लक्षणका आधारमा चेक जाचँ गरिने गरिएको छ सुदुरपश्चिमका अन्य नाकाहरुमा कोरोनाको समेत एन्टिजेन्ट चेक निरन्तर भएतापनि कञ्चनपुरको गड्डाचौकी नाकामा भने एन्टिजेन्ट चेक गर्ने किट अभावका कारण आजबाट मात्रै चेकजाचँ शुरु गरिएको छ” ।
रोजगारीको लागी भारतका विभिन्न शहरहरुमा बसोबास गरिरहेका मानिसहरु नेपाल प्रवेश गर्दा उनीहरु संगै सरुवा रोगहरु नभित्रनका लागी चेक जाचँ गर्नकै लागी कञ्चनपुरको गड्डाचौकीमा १, कैलाली जिल्लामा त्रिनगर नाका र टिकापुर नाका गरी २, दार्चुलामा १ तथा बैतडिमा १ हेल्पडेस्कहरु सुचारु रहेका छन ।
सुदुरपश्चिम प्रदेशका नाकाहरुमा पछिल्लो केही दिनमा गरिएको परिक्षणमा करिब १३ जनामा कोरोना पोजेटिभ आइसकेको छन , जसमा बैतडीमा १ जना तथा कैलालीको गौरीफन्टा नाकामा १२ जना छन । गड्डाचौकी नाकामा भने आजबाट मात्रै कोरोना एन्टिजेन्ट परिक्षण शुरु भएको छ ।
गड्डाचौकि स्वास्थ्य हेल्पडेस्कका अनुसार, “सिमाबाट आउने मानिसहरुमा कुनैपनि सरुवा रोगका लक्षणहरु देखा परेमा मात्र त्यसै रोग सम्बन्धी चेकजाचँ गर्ने गरेका छौ आजमात्र हामीलाई १०० वटा कोरोना सम्बन्धी चेक गर्ने किट प्राप्त भएको छ र आज बिहानबाट हामीले कोरोना सम्बन्धी लक्षण फेला परेमा तिनिहरुको समेत एन्टिजेन्ट चेक गरि पठाउने गर्नेछौ” ।
