कंचनपुर , फाल्गुन १९ सुदुरपश्चिम विश्व-विद्यालयले आफ्नो अन्त्रगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने निर्णय निकाले पश्चात् क्याम्पसहरुमा स्ववियु निर्वाचनको चहलपहल शुरु भएको छ । नेपाल विद्यार्थी सङ्गठनको कंचनपुर जिल्ला कमिटीका अध्यक्ष रमेश चटौतले नेतृत्वमा स्ववियु निर्वाचन मुखी भइ कंचनपुर जिल्लामा रहेका विभिन्न क्याम्पसहरु कमिटी विस्तार गरेको छ ।

नेपाल बिद्यार्थी संघको अध्यक्षको जिम्मेवारी पाए पश्चात् अध्यक्ष चटौतले कंचनपुरका सबै क्याम्पसहरुमा रहेका बिद्यार्थीहरुका पिर मार्का समस्याहरुमा आफ्नो सङ्गठन सदैव रहेको भुमिका भन्दा पनि झन शसक्त भएर सङ्गठन विस्तारमा रहेको बताएका छन ।

