ब्रेकिङ न्युज

Default Placeholder

काठमाडौँ, जेठ १

नेपाली कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विषयमा तीव्र मतभेद र विवाद सतहमा आएको छ। पार्टीको केन्द्रीय कार्यालयले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन फाराम खुला गरेको निर्णय सार्वजनिक गरे लगत्तै पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यसप्रति गम्भीर असहमति जनाउँदै छुट्टै विज्ञप्ति जारी गर्नुभएको छ।

​केन्द्रीय कार्यालयद्वारा नयाँ क्रियाशील सदस्यता खुला

​नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता खुला गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

​केन्द्रीय कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार:

​नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता भएका योग्य नागरिकले सदस्यता पाउनेछन्।

​इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेसको आधिकारिक वेबसाइट मार्फत सहज र सरल रूपमा नयाँ क्रियाशील सदस्यताको आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।

​निवर्तमान कार्यवाहक सभापति खड्काको आपत्ति: “विगतको निर्णय उल्ट्याउन पाइँदैन” 

​केन्द्रीय कार्यालयले नयाँ सदस्यता खुला गरेकै दिन (जेठ १८ गते) नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले एक विशेष प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।

​नेता खड्काले १५ औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यताको विषय पहिले नै टुङ्गिसकेको दाबी गर्नुभएको छ। 

निवर्तमान कार्यबाहक सभापती खड्काको विज्ञप्तिका मुख्य बुँदाहरू:

१५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम २०८२ पुस १० गते सम्ममा अधिकांश टुङ्गिसकेको थियो।

​सो समयमा नवीकरण गर्न छुटेका र नयाँ लिन चाहने साथीहरूको मात्र नवीकरण तथा नयाँ वितरण गर्ने सहमति भएको थियो।

​२०८२ पुस १० गतेसम्म टुङ्गिएका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम राखेर मात्र १५ औँ महाधिवेशनमा सहभागी गराइनुपर्ने उहाँको अडान छ।

​नेता खड्काले यस विषयमा स्वदेश तथा विदेशमा रहेका पार्टीका नेता, क्रियाशील सदस्य, शुभेच्छुक तथा भ्रातृ संस्थाका सम्पूर्ण साथीहरूलाई दृढ र आश्वस्त रहन समेत आग्रह गर्नुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: