ब्रेकिङ न्युज

Default Placeholder

०४ फागुन, २०८२

कञ्चनपुर : राजमार्ग क्षेत्रमा निरन्तर भईरहने दुर्घटनाहरु न्युनिकरणको सबैभन्दा उत्तम उपाय राजमार्गको स्तरोन्नती हो। सरकारले ठेक्का प्रक्रिया अगाडि बढाउने तर विभिन्न कारणहरु देखाउँदै समयमा काम गराउन नसक्ने जस्ता क्रियाकलापहरु दोहरिनुले दुर्घटना न्युनिकरण जस्ता बिषयमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने मात्रामा नपुगेको स्पष्ट हुन्छ।

देशकै लामो राजमार्गको रुपमा रहेको पुर्व पश्चिम राजमार्गको पिच तथा पिच पेटी छुट्टिएर बसेको र रातीको समयमा सडकमा सडकबत्ती समेत नहुदा आवत जावत गर्न समस्या भएको समस्या सहित सडक डिभिजन कार्यालय कञ्चनपुरका  प्रमुख संग समन्वय गर्दा हामी तत्कालै समस्या समाधान गर्छौ भन्ने मौखिक प्रतिबद्धता भएतापनि समस्याको समाधान भने महिनौ बितिसक्दा समेत आउदैन।

सडक चौडा तथा कलवट निर्माणको ठेक्का शुरु भएको चार बर्ष पुरा भएर पाचौँ बर्षमा चालु हुदा समेत काम नहुदा राजमार्गमा आवत जावत गर्ने सर्वसाधारणहरु मार्कामा परेका छन। मिति २०७८ साल कार्तिक ०१ गतेबाट शुरु भएको ठेक्का ३ करोड ७२ लाख भन्दा बढि रकमको ठेक्का सम्झौता हो सम्झौता अनुसार सडकको दायाँ बायाँ चौडा गर्ने तथा कलवटहरुलाई तोकिए बमोजिम चौडाई बनाउने रहेको थियो । अत्तरिया बाट गड्डाचौकी सम्म पुर्व पश्चिम राजमार्गमा स्तरोन्नतीको लागि मैनाचुली मालिका एम बि ए जेभि निर्माण कम्पनीलाई परेको ठेक्का अनुसार अन्तिम पटक २०८२ साल असोज १८ गते म्याद थप भएको थियो । हाल सम्म उक्त निर्माण कम्पनीले १ करोड ७० लाख भन्दा बढि रकम निकासी पाईसकेको छ। भने लगभग ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ।

ठेक्का सम्झौता अनुरुप अत्तरिया देखि गड्डाचौकी सम्म राजमार्गको स्तरोन्नती हुन सकेको छैन भने कलपट चौडा गर्ने काम भने बढिजसो सम्मन्न भएको सडक डिभिजन कार्यालयका सुचना अधिकारीले बताउँछन। पछिल्लो समय निर्माण कम्पनीले काममा चासो नदेखाएको भन्दै सडक डिभिजन कार्यालय कञ्चनपुरले पेनाल्टी अवधि समेत शुरु भईसकेको छ ।६ महिनाको लागि गरिने पेनाल्टी अवधि पश्चात कार्वाहीको प्रक्रिया अगाडि बढने सडक डिभिजन कार्यालय कञ्चनपुरले बताउदै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: