ब्रेकिङ न्युज

Default Placeholder

१४ माघ, २०८२

कञ्चनपुर: प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिदै गर्दा देशभरी कुन स्थानमा कसको सम्भावना भन्ने चर्चा सबैतिर शुरु भएको छ। कंचनपुर क्षेत्र नम्बर ०३ को पछिल्ला निर्वाचनहरुको आकडा हेर्दा नेपाली काङ्ग्रेस अग्र स्थानमा देखिन्छ। यद्यपि नेपाली काङ्ग्रेस बिशेष महाधिवेशन विवादका कारण पुर्व गृहमन्त्री रमेश लेखकलाई पार्टीले टिकट नदिनुलाई यो क्षेत्रमा काङ्ग्रेसको सम्भावनालाई चुनौतीको रुपमा हेर्न सकिन्छ । 

यस पटक नेपाली काङ्ग्रेसले नियमित उम्मेदवार तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई छोडदै उनको स्थानमा नेपाली काङग्नेस कञ्चनपुरका पुर्व जिल्ला सभापती हरि बोहरालाई आफ्नो उम्मेदवार बनाएको छ। पछिल्लो पटक सम्पन्न स्थानिय तथा संघिय निर्वाचन नतिजा र तथ्यांकले कंचनपुरको क्षेत्र नम्बर ०३ मा नेपाली काङ्ग्रेसलाई अग्र स्थानमा देखाएको छ। संघिय निर्वाचन-२०७९ मा यस क्षेत्रबाट नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखक विजयी भएका थिए भने नेकपा एलालेकी उम्मेदवार निरुदेवी पाल भारी मतान्तर सहित दोस्रो स्थान स्थानमा रहेकी थिइन । स्थानिय निर्वाचनको आकडामा समेत यो क्षेत्रको ३० वडाहरुमा नेपाली काङ्ग्रेस १५ वडामा विजयी भएको थियो। भिमदत्त नगरपालिकाको १९ वटा वडा, दोधारा-चादनी नगरपालिकाको १० वटा वडा र बेदकोट नगरपालिकाको वडा न. ८ गरि जम्मा ३० वटा वडा सम्मलित छन । 

यद्यपि नेकपा एमालेलाई  समेत यो क्षेत्रमा सम्भावनाको आधारमा पहिलो वा दोस्रो भन्दा पछाडी भने पाउने अवस्था छैन। बि.स. २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखकलाई केही मतले भएपनी हराएका डा. दिपक प्रकाश भट्टलाइ यसपटक नेकपा एमालेबाट उम्मेदवार हुन। तत्कालीन समयमा केपी ओली र प्रचण्ड दुवै अध्यक्ष भएको ने.क.पा. उम्मेदवार डा.भट्ट नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखकसंग विजयी भएपनी बि.स. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने पार्टीले उनलाई उम्मेदवार बनाएको थिएन।  उनले जितेको क्षेत्र नम्बर ०३ मा उनीसंगै तत्कालिन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र समेत रहेको थियो भने यस पटक प्रचण्ड निकटका मतहरु भने नेपाली कम्युनिष्ट पार्टीका मान बहादुर सुनारलाइ जाने पक्का देखिन्छ । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मान बहादुर सुनार पुर्व सुदुरपश्चिम प्रदेश सासंद समेत हुन। दोधारा-चाँदनी स्थायी ठेगाना भएका मान बहादुरले दोधारा-चाँदनीको १० वडाबाट अन्य दल भन्दा बढी मत ल्याउने लगभग पक्का देखिन्छ । स्थानिय तहमा नेकपा एमालेको राम्रो मत आएको भएपनी दोधारा-चादनी नगरपालिकाको स्थानिय नेता भएकै कारण सुनारलाइ भन्दा प्रत्यक्ष रुपमा एमाले र काङ्ग्रेस समेतलाई दोधारा-चादनीको कम मत जाने आकलन जो कोहिले लगाउन सक्दछ । नेपाली कम्युनिष्ट पार्टी बाहेक दोधारा-चादनी नगरपालिकामा त्यसै नगरपालिकामा अन्य दुईजना उम्मेदवार समेत यस पटक चुनावी मैदानमा छ्न। 

उम्मेदवारहरुकै  सुचीमा अर्को सम्भावना बोकेको नाम राप्रपा उम्मेदवार पुर्णबहादुर चन्दको हो। समाजिक तथा व्यवसायिक कार्यमा सफल व्यक्तित्वको रुपमा स्थापित चन्द, दोधारा-चादनी नगरपालिकाको वडाहरुमा पार्टीको राम्रो छाप हुनुका साथै भिमदत्त नगरपालिकाका वडाहरुमा समेत राम्रो मतको सम्भावना बोकेका छन। नेपाली काङ्ग्रेसको आन्तरिक विवादले निकास नपाउने हो भने पुरानो तथा प्रजातान्त्रिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यसको भरपुर फाइदा समेत हुने देखिन्छ। लोकतान्त्रिक व्यक्ती वा विचारका मान्छेले कहिले पनि कम्युनिष्ट तर्फ ढल्किन मान्ने अवस्था हुदैन। जसको प्रत्यक्ष फाइदा भने राप्रपा उम्मेदवार पुर्ण बहादुर चन्दलाई हुने देखिन्छ । बि.स. २०७४ को निर्वाचनमा नेकपा एमाले र हाल बनेको नेपाली कम्युनिष्ट पार्टीको ठूलो अंश एकसाथ हुदा समेत सय दुईसय मत अन्तरले विजयी भएका डा.भट्ट र पुराना राजनितिक दलकै कारण शक्तिशाली हुँदै गएको रास्वपा बाहेक धार्मिक आस्थाका कारण हिन्दुहरुलाइ मत दिन सक्ने मतदाता आदि कारणले यस पटकको निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर ०३ मा राप्रपा को बलियो सम्भावना मान्न सकिन्छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: