ब्रेकिङ न्युज

Default Placeholder

०८ माघ, २०८२

कंचनपुर : आगामी फागुन २१ गते हुने निर्वाचनमा कंचनपुर क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ आफ्नो उम्मेदवारी दर्ता गराएका बिष्णुप्रकाश उपाध्याय आफु यस क्षेत्रबाट निर्वाचित हुनेमा ढुक्क रहेको बताउछन। उम्मेदवारी दर्ता गराउन जादा समेत सरल तरिकाले पुगेका उपाध्यायको भनाइ अनुसार पुराना दलहरुले राज्यलाई खोक्रो बनाउनु बाहेक कुनै काम  नगरेको तथा नयाँ खुलेका पार्टीहरु समेत आफुलाइ राम्रो देखाउदै भित्र भित्रै ठगी मुद्दाको ट्याग बोकेर सफाइ नपाएका दल भएको हुदा जनताले राष्ट्र निर्माणको लागि आफुहरुलाइ रोज्ने बताएका थिए । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) यस पटक मात्र निर्वाचनमा आएको राजनितिक दल हो । यसअघि निरन्तर रुपमा निर्वाचन बहिष्कार गरेको भएपनी यस पटक जनताको बिचमा आउने नेतृत्वको बुझाइ पश्चात् नेकपा ( माओवादी ) निर्वाचनमा होमिएको पाइन्छ। कंचनपुरका स्थानियका एक व्यापारीका अनुसार, “सामान्य तर जनताको आवश्यकता अनुसारका एजेण्डा रहेछन, तर जनतामाझ कति पुगेका छन । जितेर एजेन्डा जस्तै काम पनि गर्‍यो भने साच्चै समाज र देशमा परिवर्तन चाहिँ हुन्छ है । “

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: