ब्रेकिङ न्युज

Default Placeholder

बिष्णुदत्त जोशी

२५ मंसिर २०८२ 

कंचनपुर:

अत्तरियाबाट महेन्द्रनगर सम्म रहेको पुर्व-पश्चिम राजमार्ग पछिल्लो समय आवत जावत गर्दा कठिन यात्रा हुने सडकको रुपमा विकास हुँदै गइरहेको छ । दशकौ अगाडि निर्माण भएको यो राजमार्गमा पछिल्ला वर्षहरुमा दीर्घकालीन सोचमा काम अगाडि नबढनुले यस्तो अवस्था सिर्जना भएको देखिन्छ । सडकको प्रयोग गर्दा सडक र सडक पेटी एक अर्कासंग जोडिएका छैनन अर्थात सडकपेटी सडक भन्दा कतिपय स्थानहरुमा ५/७ इन्चको अग्लो भागहरु रहेको छ । निर्माण गरिदा सडक तथा सडकपेटी बराबर निर्माण भएपनी वर्षौसम्म यसमा सम्बन्धित निकायको ध्यान नजादा राजमार्गको अवस्था यस्तो हुन पुगेको हो । 

सडक डिभिजन कार्यालय, कंचनपुरको पटके योजनामा ध्यान केन्दृत रहदा संगै रहेका सडकमा साइकलको प्रयोग गरि विद्यालय जाने बालबालिका, दुई पाङ्ग्रे सवारी साधन प्रयोग गरि आवत-जावत गर्ने यात्रीहरु तथा पैदल यात्रीहरुको लागि समस्या आएको हो । नेपाल सरकारले पछिल्लो आर्थिक वर्षको बजेट भाषणको क्रममा गड्डाचौकीबाट अत्तरियासम्म बाटो फराकिलो बनाउने भने तापनी त्यसपछी समेत निर्माण सम्पन्न भएका राजमार्गका पुलहरु पुरानै मोडलमा बनिरहेका छन । समय अनुरुप बनेका संरचनाहरुमा भविष्य केन्द्रीत सोच नबनाइनुले सरकारी बजेटको पटक-पटक एकै कामको लागि दुई पटक बजेट खर्च गर्नुपर्ने अवस्था आएको छ । सडक डिभिजन कार्यालय, कंचनपुरले सरकारको बाटो फराकिलो योजना तत्काल पूरा नहुने र यसमा समय धेरै लाग्ने भन्दै पटके ठेक्काहरु संचालनमा राखेका छन । 

सडक डिभिजन कार्यालयका प्रमुखका अनुसार, पुर्व-पश्चिम राजमार्गलाई फराकिलो बनाउने भन्ने योजना बजेट भाषण मार्फत अगाडि सरे पनि अध्ययन-अनुसन्धानमा समय लाग्ने भएका कारण हालको अवस्थामा रहेको सडकलाई पटके योजना मार्फत निर्माण गर्ने कार्य निरन्तर चलिरहेको र सडक पेटी र सडक एक समान बनाउने कार्य करिब १५ दिन भित्र छनौट गरि निर्माण गरिने छन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: