१४ मंसिर, २०८२
महेन्द्रनगर :

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका प्रतिनिधि छनौँट गरिएका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ र ३ मा निर्वाचन गरिएको थियो भने, क्षेत्र नम्बर २ मा भने सर्वसम्मत रुपमा प्रतिनिधि छनौँट गरिएका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४९८ मत सहित पल्लबराज भट्ट र ६३९ मत सहित वीर बहादुर थापा निर्वाचित हुनुभएको छ । यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित हुनुभएको हो । साथै, युवा तर्फबाट काशीराम बोहरा ५२१ मत सहित महाधिवेशन प्रतिनिधिका लागी छनौट हुनुभएको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर दुईमा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरिएको थियो । खुला सदस्यका लागि रण बहादुर महरा र वचनबहादुर सिह सर्वसम्मत छनौट हुनुभएको हो । महिला तर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका थिए भने युवा तर्फबाट प्रविन बोगटी चयन हुनुभएको थियो । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपक प्रकाश भट्ट ५६७ मत र जनकराज अवस्थी ३३७ मत सहित सहित निर्वाचित हुनुभएको छ । यसैगरी दलित तर्फबाट आरपी सार्की १७२ मत सहित निर्वाचित हुनुभएको छ । यसैगरी युवा तर्फ ३५१ मत सहित ओम बस्नेत निर्वाचित भएका छन ।
