
१३ मंसिर, २०८२
काठमाण्डौ:
नेपाल प्रीमियर लिगमा आजको भएको दोस्रो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई सजिलै पराजित गर्दै आफुलाइ तालिकामा पहिलो स्थानमा कायम राखेको छ । पहिले ब्याटिङ गरेको जनकपुरले आज आफ्ना नियमित कप्तान अनिल साहलाई विश्राम दिदै विदेशी खेलाडी पार्नेललाइ कप्तानी दिएको थियो । जनकपुर यो सिजनमा ४ खेल खेलिसक्दा समेत पहिलो जितको खोजीमा निरन्तर रहेको छ । सुदुरपश्चिम रोयल्सलाइ १४६ रनको लक्ष्य दिएको जनकपुरका लागि ब्याटर संजय कृष्णमुर्तीले ३८ बलमा ५० रन बनाए भने जान निकोलले ३३ बलमा ३९ रन बनाउनु बाहेक अन्य ब्याटर भने केही खास लयमा देखा परेनन ।
जनकपुरलाइ १४५/८ रनमा रोक्नको लागि डेथ बलिङमा खास मानिने अविनाश बोहराले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिदै ४ विकेट लिए भने कुग्लिजिनले ३ तथा कप्तान दिपेन्द्रले १ विकेट लिए । सामान्य लक्ष्यको खोजीमा मैदानमा उत्रिएको रोयल्स २ रन टीमको स्कोर हुदा २ विकेट आउट भएपश्चात समस्यामा परेको थियो। सधैझै आफ्नो पहिचान देखाएको रोयल्सका लागि “म्यान अफ द म्याच” डाक्टर इसान पाण्डे र भरोसामन्द बिनोदले टीमलाइ सम्हालेका थिए । इसानले आफ्नो उत्कृष्ट अर्धशतक पूरा गरे भने बिनोद अर्धशतकबाट चुके, अन्त्यमा दिपेन्द्रको धैर्यता र हर्मितको आक्रमणमा परेको जनकपुर जित बिहिन सिजनको यथावत रह्यो भने रोयल्सले खेल ६ विकेटले आफ्नो पक्ष्यमा पार्यो ।
