बिष्णुदत्त जोशी
०३ मंसिर, २०८२
काठमाडौं :

आज सम्पन्न भएको एनपिएल खेलमा सुदुरपश्चिम रोयल्स संग काठमाडौं गोर्खाज बिच भएको खेलको सुरुवाती ओभरहरुमा कम स्कोरमै विकेट गुमाउदा पछाडि परेको सुदुरपश्चिमले अन्तिम ओभरमा आक्रामक रन बनाएपछी सम्मान जनक स्कोरमा पुगेको थियो । टाइगर दिपेन्द्रको शान्त रुपमा हरमित सिंहलाई साथ दिदा टीमले २० ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।
आजको खेलमा कप्तान दिपेन्द्रको शान्त तरिकाले ३० बलमा ३९ रन बनाए भने उनी संगै मैदानमा रहेका हरमित सिंहले आक्रामक २० बलमा ५३ रन बनाएको थियो । पहिलो ओभरमा २ विकेट लिदै गोर्खाजका कप्तान करन केसीले सुदुरपश्चिम रोयल्सलाइ ठूलो योगफल बनाउनबाट रोकेका थिए । २७ रनमा ४ विकेटको क्षती व्यहोरेको रोयल्सका लागि मध्य ओभरमा सिंह र दिपेन्द्रको साझेदारीले १४७ रन सम्मको योगफल सम्म पुर्याएको थियो ।
दोस्रो इनिङमा १४८ रन बनाउन मैदानमा उत्रीएका गोर्खाजका ओपनर आकाश त्रिपाठीले ३४ रन बनाउदा अर्का ब्याटर सिम्पसनले २४ रन बनाउनु बाहेक अन्य ब्याटर भने चल्न सकेनन् । उत्कृष्ट ब्याटिङ गरेका हरमितले २ विकेट समेत लिए भने सिजनमा पहिलो म्याच खेलिरहेको सुदुरपश्चिमले गोर्खाजलाइ १६.५ ओभरमा ११८ रनमा अलआउट गर्दै म्याच आफ्नो पक्षमा पारेको थियो ।
