१८ कार्तिक २०८२
कञ्चनपुर:
डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्य योजना नहुदा सेवाग्राहि मार्कामा परिरहेका छन । डिभिजन वन कार्यालयमा रहेको आपुर्ति समितिले आवश्यक प्रक्रिया पुरा गरि घर निर्माणको लागि काठ वितरण गर्ने कार्य जिल्ला बासीहरुको लागि ठुलो सेवाको रुपमा लिने गरिन्छ । सामान्य स्थानबाट किनमेल गर्दा महंगो पर्ने काठ डिभिजन वन कार्यालयको आपुर्ति समितिबाट प्रक्रियामा गएर ल्याउदा सामान्य मुल्यमा पाइने भई सेवाग्राहिलाई ठुलो राहत हुने गरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन वन कार्यालयबाट घर निर्माणको आवश्यक काठको लागी करिब १२० जनाको निवेदन दर्ता भएकोमा विभिन्न प्रक्रिया पुरा भईसके पश्चात करिब ९० जना भन्दा बढि सेवाग्राहिले घर बनाउदाँ काठ प्राप्त गरेका थिए ।
हाल केहि महिना देखि कञ्चनपुर जिल्ला डिएफओ विहिन हुदा कैलालीमा रामबिचारी ठाकुर र कृष्ण भट्ट गरि २ जना र पहलवानपुरमा रामचन्द्र कडेँल डिएफओ को रुपमा रहेका छन । भाद्र महिनामा डिएफओहरुको सरुवा हुदा कञ्चनपुर जिल्लाका डिभिजन वन अधिकृत डिएफओ कञ्चनपुर डिभिजन कार्यालयबाट कैलाली गई सक्दा समेत ९ महिनामै आफुहरुको सरुवा भएको भन्दै सरुवाबारे आफुहरुलाई चित्त नबुझेको भन्दै कर्मचारीबाट मुद्दा दर्ता हुदा कैलाली र पहलवानपुरका डिएफओ आफ्नै स्थानमा यथावत रहेका छन भने कञ्चनपुर डिभिजन वन कार्यालयका डिएफओ रामबिचारी ठाकुर समेत कैलालीमा हाजिरमा रहेका छन ।

आर्थिक वर्ष २०८२/०८३ को सात महिना समाप्त हुन लाग्दा समेत कार्य योजना नबन्नु प्रत्यक्ष रुपमा सेवाग्राहिहरु मार्कामा पर्ने देखिन्छ । डिएफओ को सरुवा प्रक्रियामा अदालतबाट निर्णय नआउदा सम्म डिएफओ नआउने भएपछि कार्य योजना अन्यौलामा हुने र सेवाग्राहीहरु मार्कामा पर्ने भएका हुन । कार्य योजना कहिले बन्ने भन्ने बिषयमा डिभिजन वन कार्यालयका नि प्रमुख विश्वेश्वर जोशीका अनुसार हाल सम्म कार्य योजना कहिले बन्ने भन्ने बिषयमा अहिले नै केहि भन्न सकिने अवस्था नभएको र आफुहरु कहाँ विभिन्न सेवाग्राही आएर फर्किने कार्य भईरहेका हुदा आफुले माथिल्लो निकाय संग समन्वय गरि छिट्टै यस बिषयमा निष्कर्ष निकाल्ने तर्फ लाग्ने बताएका छन ।
