ब्रेकिङ न्युज

Default Placeholder

२२ भाद्र २०८२

कञ्चनपुर :

निर्माण व्यवसायी संघ कंचनपुरको निर्वाचनमा व्यवसायी पुष्पराज अवस्थी अध्यक्ष  पदमा वर्तमान अध्यक्ष समेत रहेका निरन्जन प्रसाद भट्ट पराजित गर्दै नयाँ कार्यकालमा अध्यक्षको लागि बिजय भएका छन । 

कंचनपुर निर्माण व्यवसायी संघको भदौ २० र २१ गते सम्पन्न भएको १५औं जिल्ला अधिवेशन कञ्चपुरमा मात्र नभइ देशभरिनै चर्चामा समेत रहेको थियो । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कार्यक्रमको उदघाटन गर्दा यो अधिवेशनले देशभरिनै चर्चा पाएको हो । अधिवेशनबाट अध्यक्षमा पुष्पराज अवस्थी सहित बरिष्ठ उपाध्यक्ष  देव बहादुर चन्द , उपाध्यक्ष यज्ञराज बैज, महासचिव  देबि दत्त भट्ट, सचिव बृज बहादुर चन्द, कोषाध्यक्ष  तेज बहादुर चन्द र सह-काेषाध्यक्ष हेम महरा नयाँ कार्यसमितिको लागि चयन भएका छन । 

निर्माणको नेतृत्व समाल्दै गर्दै अध्यक्ष  पुष्पराज सहितको कार्यसमितिलाइ चुनौतीका रुपमा आफुले अध्यक्ष पदको उम्मेदवारी दिदै गर्दा गरेका सकल्पहरुनै प्रमुख चुनौती हुनेछन । उम्मेदवारी घोषणाको क्रममा अध्यक्षमा विजयी भएका अवस्थीले कंचनपुरमा निर्माण सम्बन्धी ल्याबको समस्या समाधान गर्ने , जिल्लामा रहेका २९८ जना व्यवसायीहरु मात्र संघमा आवद्ध भएका र आफुले जिल्लाका बढी भन्दा बढि निर्माण व्यवसायीहरुलाइ आबद्द गराउने तथा आफुले निर्माण व्यवसायबाट बनाएको हैसियतमा नै साना व्यवसायीहरुको समेत बनाउने प्रयास गर्ने भन्दै आएका थिए । 

 आफ्नो प्यानल दोश्रो कार्यकालको लागि नलडने घोषणा नै गरिसकेका अवस्थी तथा प्यानलमा भएका अन्य पदाधिकारीहरुको ३ वर्षे कार्यकालमा आफ्नो घोषणामा कति सम्म सफलता पाउनेछन भन्ने कुरा आगामी दिनहरुमा देखिने छ भने कार्यकाल सफल रुपमा सम्पन्न गर्नको लागि के कस्ता नीति तथा योजनाहरु लिएर अगाडि बढनेछन भन्ने बिषय निर्माण व्यवसायमा आबद्ध सबैको लागि चासोको बिषय रहनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: